कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माद्यमिक विद्यालयले बिहिबार एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुको संयुक्त रुपमा जन्मदिन मनाएको छ । असार महिनाभरी जन्मदिन परेका शिक्षक तथा विद्यार्थीहरुमा आत्मियताको भावना विकास गर्न सामुहिक रुपमा जन्मदिनको शुभकामना आदान प्रदान गरी जन्मदिन मनाउन उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

जन्मोत्सवको खुसियालीमा केक काटेर मनाईएको उक्त संयुक्त जन्मदिन कार्यक्रममा विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले असार महिनामा जन्मदिन परेका २७ जना विद्यार्थीहरु र २ जना शिक्षकहरुको व्यक्तिगत सु-स्वास्थ्य, दिर्घायु एव उत्तरोत्तर प्रगतीको कामना गर्दै शैक्षिक प्रगती, व्यवसायिक तथा व्यक्तिगत जीवनमा सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

