रेडियण्ट मा.बि. मा बादबिबाद प्रतियोगिता सम्पन्न

कञ्चनपुर : रेडियन्ट माद्यमिक विद्यालयमा बादबिबाद प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको सभापतित्वमा “ईन्टरनेट बरदान कि अभिषाप” भन्ने शिर्षकमा भएको बादबिबाद प्रतियोगितामा कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको एउटा समूह र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि अर्को समूह बनाएर प्रतिष्पर्धा गराईएको थियो ।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको समूहबाट कक्षा ८ मा अध्ययनरत छात्रा सविता भण्डारी प्रथम, कक्षा ६ मा अध्ययनरत छात्र रिशेस जोशी द्वितिय र कक्षा ८ मा अध्ययनरत छात्रा प्रिति पन्त तृतिय भएका छन् । त्यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा करुणा पाल प्रथम, कक्षा १० मा अध्ययनरत छात्रा जानकी धामी द्वितिय र कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति भट्ट तृतिय भएका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा विद्यालयका शिक्षिकाहरु जगदेश्वरी भट्ट र सुनिता कार्की रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक लोकेन्द्र भट्टले गर्नुभएको थियो ।नियमित पढाई सँगै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुको बौद्धिक तथा तार्किक क्षमताको विकास गर्न बादबिबाद प्रतियोगिता महत्वपूर्ण हुने भएकाले विद्यालयले यस प्रकारका कार्यक्रमहरु गर्दै आएको प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो ।

ताजा समाचार