एसइइमा शतप्रतिशत नतिजा आएपछि हरीचन्द्र प्रभा बोडिङ्ग स्कुल ग¥यो विद्यार्थीहरूलाई सम्मान

कचनपुर  ः वेदकोट नगरपालिका १० सिसैया स्थित हरीचन्द्र प्रभा बोडिङ्ग स्कुलले एक कार्यक्रमको आयोजना गरी एसइइमा पास भएका सम्पूर्ण विद्यार्थीलाई सम्मानको साथै पुरस्कार प्रदान गरेको छ ।शैक्षिक सत्र २०८१/०८२ को एसइइमा हरीचन्द्र प्रभा बोडिङ्ग स्कुलका शतप्रतिशत  विद्यार्थीले राम्रो अंक ल्याएर उर्तीण भए पछि विद्यालयले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मान पाउने विद्यार्थीहरू सुदीक्षा बोहरा ३.३५, सिमरन बडुवाल ३.३२, सृजना बोहरा ३.२६, विशाल नाथ ३.१९, हिमेश जोशी ३.१५, योगेश धामी ३.०८ अनुज चौधरी ३.०१, रेजिना डंगौरा २.९२, र आयुश कठायतले २.७२ जिपिए ल्याई उर्तीण भएका थिए ।

 २०५७ साल देखि सञ्चालनमा आएको यस विद्यालयले २०६९ साल देखि एसइइमा सहभागी हुदै आएको छ । हाल सम्म १३ औं व्याचले एसइइमा सहभागिता जनाई सकेका छन् र सबै ब्याचका विद्यार्थीले राम्रो अङ्क ल्याएर पास गरेको विद्यालयका प्रिन्सपल सावित्री देवी रोकायाले बताउनु भयो ।

एसइइमा उर्तिण भएका विद्यार्थीहरूको सम्मान कार्यक्रममा विद्यालयका संस्थापक नर बहादुर रोकाया, प्रधानाध्यापक सावित्री देवी रोकाया, सुदूरपश्चिम विश्वविद्यालयका  उप प्रध्यापक पृथ्वी राज भट्ट, त्यसै गरी मोनिङ्ग ग्यालरी विद्यालयका केशव राज जोशी र हरीचन्द्र प्रभा बोडिङ्ग स्कुलका शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक चेतराज पनेरुले गरेका थिए ।  

ताजा समाचार