एसईई नतिजा ०८१ : ‘ए’ प्लस ल्याउने जिल्लाकै सबैभन्दा बढि विद्यार्थी लिटिल बुद्धका

कञ्चनपुर : कञ्चनपुरको एक निजी विद्यालयका विद्यार्थी सबैभन्दा बढि उत्कृष्ट नतिजा ल्याउनेमा देखिएका छन । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजा ल्याउनेमा देखिएका हुन ।

गत शैक्षिक सत्र ०८१मा राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको माध्यामिक परीक्षा शिक्षा(एसईई)मा सहभागि मध्ये ४१ विद्यार्थीले ए प्लस ग्रेट ल्याएका छन । भने, ७० विद्यार्थीले ए, ४१ विद्यार्थीले बिप्लस र ९विद्यार्थीले बि ग्रेट ल्याएका हुन । कुल १६१विद्यार्थी विद्यार्थी उर्तिण भएका छन । ९४.४०प्रतिशत विद्यार्थी उर्तिण भएका छन ।

तर, उनीहरुले मौका परीक्षा दिन पाउनेछन । कक्षा १०को परीक्षामा सहभागि भएदेखि यता लिटिल बुद्ध एकेडेमीका विद्यार्थीले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थी, शिक्षक, विद्यालय, अभिभाव, समुदाय सहितका सरोकारवालाको मेहनत, निर्देशन, निगरानी,सहयोगको प्रतिफल भएको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा थप स्तरिय नतिता ल्याउने प्रतिज्ञा गरेका छन ।

ताजा समाचार