एसईई रिजल्ट ०८१ : ईन्टरनेशल पब्लिक स्कुलका विद्यार्थी निरन्तर सत प्रतिशत

कञ्चनपुर : कञ्चनपुरको एक संस्थागत विद्यालय(निजी स्कुल) निरन्तर सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको ईन्टरनेशनल पब्लिक स्कुलले निरन्तर सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो । गत शैक्षिक सत्र ०८१ मा राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागि सबै ११४ विद्यार्थी उर्तिण भएको विद्यालयले जनाएको छ । विद्यालयको तथ्याङ्क अनुसार ३६ विद्यार्थीले एप्लस, ६०विद्यार्थीले ए, १७ विद्यार्थीले बि प्ल र १विद्यार्थीले बि ग्रेट ल्याएका छन ।

२८ बर्ष अघि स्थापना भएको विद्यालयले कक्षा १०को परीक्षामा सहभागि भएदेखि निरनतर विद्यार्थी उर्तिण गराउन सफल भएको छ । ईन्टरनेशल पब्लिक स्कुल सचालक समितिका अध्यक्ष गैराज बहादुर लिम्बुले विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावको मेहनत, लगामको प्रतिफल भएको बताए ।
उनका अनुसार ०५४ सालमा स्थापना भै रजत महोत्सव मनाई सकेको यस विद्यालयको ३ दशकको शैक्षिक यात्रा गर्बिलो रहेको बताउँदै ऐतिहासिक महत्व, राष्ट्रिय बर्चस्व पृष्ठभुमि ईत्यादीले महत्व राख्ने हुँदा विद्यालय महेन्द्रनगरको एकल महत्वपूर्ण बर्चस्व सुदुरपश्चिममा जुन रेकर्ड कायम गरेको जनाएको छ ।

०७२सालको एसएलसीमा नेपाल थर्ड (सुभाष लामिछाने जो अहिले डाक्टर छन) गत वर्ष ०८० को इसईईमा चार जिपिए ल्याउने सोमित कार्की काठमाडौ अध्ययनरत छन, संस्थागत बिद्यालयहरुमा जिल्लामै राम्रो नतिजा, नेपाल सरकारबाट क्षेत्रमा नै प्रथम भई ७ पटक राष्ट्रिय ध्वजा, क्षेत्रीय बिद्या शिल्ड, नगद पुरुस्कार तथा प्रमाणपत्रबाट सम्मानित भएको र संस्थागत विद्यालयहरुमा जिल्लामै सबैभन्दा बढी उत्पादन गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम तथा प्रतियोगिताहरुमा सम्मानजनक सहभागीता जनाउदै आएको छ ।

ताजा समाचार