बैजनाथ मन्दिर संरक्षणका लागि पर्खाल निर्माण

झलारी : शुक्लाफाँटा नगरपालिका १० टोटी स्थीत प्राचिन बैजनाथ मन्दिर संरक्षणका लागि पर्खाल निर्माण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सशर्त अनुदान अन्र्तगत रु १० लाखको लागतमा पर्खाल निर्माण गरिएको हो । मन्दिरमा पर्खाल निर्माण संगै माटो भरानको कार्य गरिएको स्थानिय बासिन्दा राजिव अबस्थीले बताउनु भयो ।

मन्दिर भित्र रहेको यज्ञशाला निर्माणको कार्य अधुरै छ उहाँले भन्नुभयो, त्यसलाई पूर्णता दिनका लागि बजेट अभाव रहेको छ । यो मन्दिर यस क्षेत्रका बासिन्दाको धार्मिक धरोहरका रुपमा रहेको छ । मन्दिर संरक्षणका प्रयास नहुदा यस अघि भौतिक संरचना नासिदै जान थालेका थिए ।

जग्गा अतिक्रमणमा पर्दै गएको थियो । पर्खाल निर्माणले मन्दिरका भौतिक संरचना जोगिने कार्य संगै जग्गा अतिक्रमण हुने क्रम पनि रोकिएको छ । वडा अध्यक्ष लाल बहादुर ऐरले मन्दिरका भौतिक संरचनालाई पूर्णता दिनका लागि आवश्यक बजेट विनियोजन गर्ने अश्वासन दिएका छन ।

ताजा समाचार