कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माद्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत हिज्जे प्रतियोगिता (Spelling Contest) सम्पन्न भएको छ । उक्त प्रतियोगितमा सो विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

४ वटा टिम सहभागी भएको सो प्रतियोगितामा प्रिती पन्त नेतृत्वको ब्लु हाउस टिम प्रथम, सविता भण्डारी नेतृत्वको यल्लो हाउस टिम द्वित्तिय, समीक्षा भट्ट नेतृत्वको रेड हाउस टिम तृतिय र आर्या चन्दले नेतृत्व गरेको ग्रिन हाउस टिम चतुर्थ भएका छन् ।

विद्यार्थीहरुको नियमित पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरु मार्फत पढाईलाई थप प्रभावकारी बनाउन उक्त प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोकेन्द्र भट्टले गर्नुभएको थियो ।

