रास्वपाद्वारा पाटी सभापति माथि भएको राजनीतिक प्रतिशोध बिरुद्ध सुदूरमा हस्ताक्षर अभियान


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटीले पाटी सभापति रवि लामिछाने माथी गरिएको राजनैतिक प्रतिशोध बिरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । मंगलबारदेखि सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभापति लामिछानेमाथि गरिएको अन्याय बिरुद्ध हस्ताक्षर अभियान शुरु गरिएको हो । रास्वपा नेता ज्ञानेन्द्र महताले अहिले प्रदेश पाटी समितिले भौतिक र डिजिटन माध्यमबाट हस्ताक्षर अभियान शुरुवात गरिएको बताए ।

उनका अनुसार पाटी सभापतिलाई सहकारी काण्डमा जेलमा राखेर पाटी सिध्याउने षड्यन्त्र जनताले बुझिसकेकाले त्यसको जवाफ ०८४को चुनावले दिने बताए। नेता महताले प्रदेश पाटीले शुरुवात गरेको अभियान केही दिनमै जिल्ला, पालिकाले समेत संचालन गर्ने बताए । सरकारले आफ्ना मुली, प्रत्यक्ष तथा वास्तविक सहकारी ठगि नेता कार्यकर्तालाई जोगाएर पाटी सभापति बिरुद्ध गणतन्त्रमा फुलिरहेको कोपिला निमोठने काम गरेको रास्वपाको टिप्पणी छ ।

गत १३जेठदेखि रास्वपाले भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी बिरुद्ध निरन्तर ससददेखि सडकसम्मै आन्दोलनमा उत्रिएको छ । सरकार चलाउने पाटीका नेता कार्यकर्ता जोगाएर खोजिखोजी बिपक्षी दलका नेताहरुलाई झुटा मुद्दा लगाउने षड्यन्त्र बिरुद्धमा पाटी जनतामा गएको र हस्ताक्षर अभियानमा नागरिक सर्मथन जुटिरहेको रास्वपाले जनाएको छ ।


ताजा समाचार

spot_img