दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बन जोगाउन सिलिण्डर ग्यास सहित चुल्हा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र १० वडामा बसोबास गर्ने १७ जना स्थानियबासीहरुलाई १७ थान सिलिण्डर ग्यास सहित चुल्हा बितरण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमर बस्नेतले जानकारी दिनुभएको छ् । एक कार्यक्रमको बिच १७ जना स्थानियहरुलाई सिलिण्डर ग्यास सहित चुल्हा बितरण गरिएको उहाँले बताउनुभयो । सिलिण्डर ग्यास सहित चुल्हा बितरण संगै गरिव तथा विपन्न घरपरिवारको घर निमार्णको निम्ती ८० थान जस्तापात बितरण गरिएको अध्यक्ष अमर बस्नेतले बताउनुभएको छ् ।

दाउरा खोज्न समस्या र वन जंगल बिनासलाई रोक्न मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई निशुल्क सिलिण्डर ग्यास सहित चुल्हा र घर निमार्ण गर्न जस्तापाता बितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत गठन भएको महिला दिप आमा समुहलाई बिउ पुँजी घुम्ती कोष अन्तर्गत रु. ५० हजार रकम हस्तान्तरण गरिएको छ् । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बिगतका दिनहरुमा समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समितिले सामाजमा सकारात्मक कार्य गर्दै आएको बताउनुभयो ।

ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुवाको झन्झट हट्ने हुने उहाँको भनाई छ् । आगामी दिनहरुमा सगरमाथा मध्यवर्ती उपभोक्ता समितिले स्थानियबासीहरुको विजिकोपार्जन गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

