दोधारा । हावाहुरीले कच्ची घरको छानोमा क्षती बनाएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले दोधारा चाँदनी नगरपालिका– ४ वडाका स्थानियहरुलाई त्रिपाल सहयोग गरेको छ् । केही दिन अघि आएको हावाहुरीले दोधारा चाँदनी नगरपालिका– ४ का ५ स्थानियबासीहरुको कच्ची घरको छानो क्षती बनाएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले त्रिपाल सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । हावाहुरीले कच्ची घरको छानोमा क्षती बनाएपछि नेपाल राष्ट्रिय समाज कल्याण संघलाई माँग गरेपछि त्रिपाल प्राप्त गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको परिसरमा उक्त त्रिपाल हस्तान्तरण गरिएको हो । हस्तान्तरणमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का निमित्त कार्यकारी निर्देशक बिनोद जैरु, सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, जलवायु उत्थानशिल समुदाय परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत अधिकृत गोबिन्द नारायण उपाध्याय, दोधारा चाँदनी नगरपालिका नगरप्रमुखका स्वीकय सचिव मोहन चन्द, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार रहनुभएको थियो ।

दोधारा चाँदनी नगरपालिका विपद् न्युनिकरणमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ठुलो सहयोग रहदै आएको छ् ।

