दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीमा आधारित कृत्रिम नमुना घटना अभ्यास गरिएको छ् । निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाको आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ६ नजिक महाकाली नदीमा बाढीमा आधारित कृत्रिम नमुना घटना अभ्यास सम्पन्न गरिएको निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने स्थानियहरुले बताएका छन् ।

कृत्रिम नमुना घटना अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ६ का जनप्रतिनिधी, नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानियबासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । विपद् आएको बेला आफ्नो, घरपरिवार, छर छिमेकको ज्यान जोगाउने तथा धनजनको क्षती कसरी रोक्ने बिषयमा अध्यासमा सिक्न पाएको कार्यक्रममा बताईएको छ् ।

निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाले दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्तीहरुमा सामुदायिक विपद् व्यवस्थापन समिति, स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी तथा जनप्रतिनिधीहरु संग समन्वय र सहकार्य गरि बाढीमा आधारित कृत्रिम नमुना घटना अभ्यास गर्दै आएको छ् ।

