‘तेस्रो दमाम च्याम्पियन कप-२०८२’ सम्पन्न, युनाइटेडले जित्यो उपाधी

युनाइटेडका कप्तान अन्जन हमाल प्रतियोगिता भरिकै सर्वउत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सोमन देवान घोषित

साउदी दमाम: साउदी अरबको दम्माम आयोजना भएको तेस्रो दमाम च्याम्पियन कप २०८२ को उपाधी युनाइटेड नेपाल फुटबल क्लबले जितेको छ।

आइतबार बिहान साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न भएको फाइन खेल युनाइटेड नेपाल फुटबल क्लब र पाथीभरा फुटबल क्लब बिच प्रतिस्पर्धा भएको रोमाञ्चक खेलमा २-१ गोलको अन्तरले पाथीभरा लाई युनाइटेडले हराउदै तेस्रो दमाम च्याम्पियन कप २०८२ को उपाधी हात पारेको हो।

प्रतियोगिताको विजेता आयोजक टिम युनाइटेडले नगद ७ हजार ७ सय ७७ साउदी रियाल ( दुई लाख असि हजार) नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेको छ। भने उपविजेता टिम पाथीभराले ४ हजार ४ सय ४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडलमा चित्त बुझाएको छ।

खेलकुद गतिविधिले साउदी अरबमा कार्यरत आप्रवासी नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०८२ प्रतियोगिता आयोजना गरिएको हो।

युनाइटेड नेपाल फुटबल क्लब दमामले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर फुटबल प्रतियोगिता जेठ २३ शुक्रबार देखि २५ गते आइतबार बिहान (२०२५ जुन ६ र ८ तारीख) तिन दिन सम्म सञ्चालन भएको थियो। प्रतियोगितामा २१ वटा नेपाली फुटबल क्लबको सहभागिता रहेको थियो।

फोटो फिचर:

 

ताजा समाचार