दोधारा । माईती नेपाल कञ्चनपुरले यातायातकर्मी संग एक दिवसिय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरबाट भारतका दिल्ली, हरिद्वार, देहरादुन लगाएतका शहरहरुमा दैनिक सञ्चालन हुने बसका चालक, सहचालक तथा परिचालक र जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट सिमावर्ती क्षेत्र गड्डाचौकी एवम् झोलुङ्गे फुल तथा दोधारा चाँदनी रुटमा चल्ने अटो चालकहरु संग एक दिवसिय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । यातायातकर्मीको एक सुचना मात्रैले पनि बेचविखनको जोखिममा परेका महिला तथा बालबाललिकालाई बेलैमा जोगाउन सकिने भएकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको भुमिका महत्वपुर्ण रहने हुदा यातायातकर्मी मानव बेचबिखन विरुद्ध सचेत भई मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि सहयोग हुने हुदा यातायातकर्मी संग एक दिवसिय अनुशिक्षण कार्यक्रम आयोजना गरिएको माइती नेपाल कंचनपुर संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्नबाट जोगाउन सकिने भएकाले यातायातकर्मीको भुमिका प्रष्ट पार्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वा गर्ने संयोजक महेश्वरी भट्टले बताउनुभयो । कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार र यसको नियन्त्रणका लागि रहेका विद्यमान कानुनी ब्यवस्थाका बारेमा सहभागिलाई प्रशिक्षणात्मक ढंगबाट जानकारी गराईएको थियो । सहभागीलाई मानव बेचविखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध अनि नेपालको कानुनमा रहेको दण्ड सजाय सम्बन्धी ब्यवस्थाका बारेमा प्रशिक्षण दिईएको थियो ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा सहभागीले के कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा छलफल गरेका थिए । छलफलका क्रममा अधिकांश सहभागिले मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणमा आफुहरु सदैव सचेत रहने र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । माईती नेपालले बेचबिखन जस्तो महत्वपुर्ण कार्यक्रममा सहभागिता गराएको भन्दै महाकाली यातायातका अध्यक्ष डम्बर राज पन्तले धन्यबाद दिनुभएको छ् । मेची देखि महाकाली सम्मका विभिन्न किसिमका यात्राुहरु सुदुरपश्चिमको मुख्य नाका गड्डाचौकीबाट विभिन्न प्रयोजनका लागि भारत जाने गरेको अवस्थामा शंकाष्पद भएका ब्यक्तीहरु पाएमा प्रहरी र माईती नेपाललाई खबर गर्दै आएको उहाँले बताउनुभयो ।

छोरी चेली कोठीको नारकीय जीवनको यात्रा तय गर्न नपरोस भन्ने उद्धेश्यले टिकट काउन्टरमा यात्रु टिकट काट्दा देखि गन्तव्य सम्म नपुगुन्जेल यो विषयलाई विशेष संवेनशिल भई नियाल्दै आईरहेको अध्यक्ष डम्बर राज पन्तले बताउनुभएको छ् । माइृती नेपाल कञ्चनपुरले सञ्चालन गरेको एक अनुशिक्षण पश्चात यातायातकर्मीहरुलाई थप जिम्मेवारी थपिएको कार्यक्रममा बताईएको छ् ।
कार्यक्रममा विभिन्न यातायात समितिबाट सहभागीहरुले कञ्चनपुरको हकमा बढ्दै गएको मुन्द्रे यातायात र भारतीय सवारी साधनका कारण छोरीचेलीहरु उच्च जोखिमपुर्ण यात्रा गर्नु पर्ने अवस्था सिर्जना भइरहेको हुदा मुन्द्रे यातायात र भारतीय सवारी साधनलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।






