कञ्चनपुर : भीमदत्त नगरपालिका १५, रामजानकी योग साधना केन्द्रले सञ्चालन गरेको योग शिविरको आज विधिवत रुपमा समापन गरिएको छ । जेठ ७ गते देखि रेडियन्ट उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरेको योग शिविरको आज शुक्रबार बिहान यज्ञ र मन्त्रहरूको उच्चारण गर्दै सम्मापन गरिएको हो ।

‘बिहान सुतेर जाने समयलाई हामी सबैले सदुपयोग गर्दै योग गरेमा स्वास्थ्य पनि राम्रो हुनुको साथै विभिन्न रोग लाग्न बाट बच्न सकिने हुनाले आफूलाई पायक पर्ने ठाँउमा गई योग साधना गर्नु पर्ने’ पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले बताए । उनले भने, ‘योग साधनाले मानिसलाई सँधै जवान राख्न सहयोग गर्छ, जवान हुने कि बूढो तपाइमा भर पर्छ ।’ साथै यहि जेठ १७ गते बाट भीमदत्त नगरपालिकाको खुल्ला मञ्चमा सञ्चालन हुन गइरहेको वृहत योग शिविरमा भागलिइ सबैले लाभ उठाउन समेत आग्रह गर्नु भयो ।

७ गते बाट सञ्चालन भएको योग शिविरमा स्थानीय लगायत विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो, पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्ट, पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी, महासचिव प्रेम सिह भाट, कोषाध्यक्ष महेश चन्द, प्रशिक्षण विभाग प्रमुख केशव राज पन्त, महिला सङ्घ नगर अध्यक्ष निर्मला पन्त, र रामजानकी साधना केन्द्रका प्रशिक्षक रूपेश भट्ट, एन्जिला पाल, लक्ष्मी भट्ट, यमकला खरेल, करवीर सिह भण्डारीले योग प्रशिक्षण दिनु भएको थियो ।

आज भएको समापन कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्ट, पतञ्जलि योग समिति कञ्चनपुरका महासचिव प्रेम सिह भाट र कोषाध्यक्ष महेश चन्दको उपस्थिति रहेको थियो ।रेडियन्ट माध्यमिक विद्यालयको प्राङ्गण उपलब्ध गराई योग शिविर सञ्चालनमा सहयोग गर्नु हुने विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दलाई रामजानकी योग साधना केन्द्रले सम्मान गरेको छ भने विद्यालयका तर्फबाट राम जानकी योग साधना केन्द्र परिवारलाई सम्मान पत्र प्रदान गरिएको छ ।






