कञ्चनपुर : महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औँ वार्षिकोत्सव सप्ताह ब्यापी कार्यक्रम गरि मनाएको हो । महालक्ष्मी विकास बैंकले वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रिय कार्यालय मा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु त्था शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभात फेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलता पुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला ( महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – ०२५, श्रृङखला ४०, २४ टिमको सहभागितामा बैैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्ने छ ।यसैगरि कञ्चनपुरमा पनि महालक्ष्मी विकास बैंक लि।को कञ्चनपुर शाखाले कञ्चनपुरको बेदकोट ७ मा रहेको बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई लत्ताकपडा, खाद्यान्न, तरकारी तथा फलफुल लगायतका सामान बितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त समान बितरण गरेको शाखा प्रमुख पहल ठकुल्लाले बताए ।

कञ्चनपुरको बेदकोट ७ र ८ रौटेला गाउजि मा रहेको बैजनाथ धाम तथा बृद्धाश्रम सेवा केन्द्रमा रहेको बृद्ध आमा बुवाहरुको लालनपालनमा सहज होस भन्ने उदेश्यले बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा सहयोग गरेको उनले बताए । उक्त कार्यक्रममा बैंकका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र स्थानिय जनप्रतिनिधिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।






