राज्यको स्रोत दोहन रोक्न रास्वपाको यस्तो एक्सन ः सार्वजनिक विदाका दिन सरकारी साधन नियन्त्रण


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले जिल्लामा सिधै घुुसलेनदेन, कमिसन खाने मात्रै भ्रष्टाचार नभएको कर्तव्य पुरा नगर्ने र कार्यालय प्रयोजनका लागि दिएका सवारी साधन दुरुपयोग पनि भ्रष्टाचार भन्दै एक्सनमा उत्रिदै आएको छ ।
रास्वपाले पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत कञ्चनपुर बेदकोट नगरपालिका क्षेत्रमा सार्वजनिक विदाका दिन गुड्ने अनुमती बिनैका सवारी साधन नियन्त्रणमा लिईरहेको छ ।

रास्वपा बेदकोट नगरका कोषाध्यक्ष नरेश भट्टले राज्यको सम्पत्ती दुरुपयोग गर्ने गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले सरकारले राज्यको स्रोत दोहन रोक्न आनाकानी गरेपछि पाटीका सचेत युवाहरुलाई नियन्त्रणमा लिने सम्झाई बुझाई गरेर अब उपरान्त निजी काम, कार्यालय भन्दा बाहिरको समय, सार्वजनिक विदाका लागि अनुमती बिनै संचालन हुने सवारी साधन नियन्त्रणमा लिएको बताए ।

विगतदेखि नै रास्वपाले सुशासन, गैर जिम्मेबारी कर्मचारीलाई जिम्मेबार बनाउन, राज्यको सम्पत्ती दोहन रोक्नका लागि भन्दै कार्यालय सहयोगदेखि मन्त्रीसम्मका सवारी साधन नियन्त्रणमा लिदै आएको छ । रास्वपाको उक्त अभियानमा सत्ताधारी पाटीले कानुन हातमा लिएको भने, विपक्षी सहित नागरिकले राज्यको सम्पत्ती दोहन दुरुपयोग मनपरी हुनबाट रोक्ने काम भएको बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img