रेडियन्ट मा. वि. मा पाँच दिने योग शिविर सञ्चालन


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित रेडियन्ट माद्यमिक विद्यालयमा शुक्रबार देखि योग शिविर सुरु भएको छ । राम जानकी योग साधना केन्द्र र रेडियन्ट माद्यमिक विद्यालयको संयुक्त आयोजनामा सुरु भएको उक्त योग शिविरको संयोजकमा भगवती मन्दिर समितिका अध्यक्ष तथा रामजानकी याेग साधना केन्द्रका संयाेजक करबिर सिंह भण्डारी रहनुभएको थियो भने सभापतिमा रेडियन्ट माध्यमिक विद्यालयमा प्रिन्सिपल सूर्य बहादुर चन्द रहनु भएको थियो ।

शिविरमा सहभागीहरुलाई प्रमुख योग प्रशिक्षक पतञ्जली योग समिति, नेपाल भिमदत्त नगर समितिमा महासचिव महेश चन्दले प्रशिक्षण दिनुभएको छ । त्यस्तै अन्य प्रशिक्षकहरुमा रुपदेव भट्ट, एन्जिला सिंह, तारा शाही साधना भाट यम कला रहनुभएको छ । उक्त योग शिविरमा , महिला संगठन मन्त्री लक्ष्मी जोशी, उद्धोषक भिम भट्ट कृष्ण देव भट्ट लगायत अन्य प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियाे ।

५ दिन सम्म सञ्चालन हुने उक्त योग शिविरबाट शिक्षक, अभिभावक तथा विद्यार्थीहरुलाई योग, ध्यानको माध्यम मार्फत स्वस्थ जीवशैली अपनाउन मद्दत पुग्ने विश्वास लिईएको छ ।

योगले मानिसको मन र मस्तिष्कलाई स्वस्थ बनाउने र चिन्ताबाट मुक्त रही धेरै समस्या समाधान गर्न सकिने भएकाले शिविरको आयोजना गरिएको विद्यालयका प्रिन्सिल सूर्य बहादुर चन्दले बताउनुभयो । साथै उहाँले योग र ध्यानको माध्यमबाट मानिसको मनलाई एकाग्र बनाउन सहयोग पुग्ने र धेरै रोगहरुबाट मुक्ती मिल्ने हुँदा सबैजनाले योग र ध्यान गर्नुपर्ने समेत बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img