कञ्चनपुरः भीमदत्त नगरपालिका १८मा रहेको जिम हाउस तेक्वान्दो डोजाङले जुनियर बेल्ट प्रमोशन (गिरिडिङ्ग) गरेएको छ । विहीबार भएको जुनियर बेल्ट प्रमोशनमा सहभागीहरुको हौसल्ला बढाउन तथा जिम हाउस तेक्वान्दो डोजाङको खेलाडीहरुको गिरिडिङ्ग लिनुको साथै अनुगमन गर्न सिनियर गुरु, प्रशिक्षक मोहन प्रताप गुरुङ्ग र कञ्चनपुर जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र के.सीको उपस्थिती रहेको थियो ।

लामो सयम देखि तेक्वान्दो खेलमा आफ्नो जिवन सुम्पीएका मोहन प्रताप गुरुङ्गले ‘खेल अनुशासित जिवनको लागि महत्वपुर्ण हुनको साथै स्वास्थ्य रहनको लागि पनि खेल खेल्नु आवश्यक रहेको बताए ।’ उनले भने ‘अहिले खेलको माध्यमबाटै नेपाललाई विश्व सामु चिनाउन सकिएको छ ।’ त्यसैगरी कञ्चनपुर जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र के.सीले अहिले युवाहरु दिनप्रतिदिन लागु औषधको चगुलमा पर्दै गएले त्यसबाट छुटकारा पाउनको लागि पनि खेल एक उत्तम माध्यम बन्ने छ , जसले गर्दा सक्षम युवाहरु बन्ने छन् जसले राष्ट्रको विकासको लागि महत्वपुर्ण भुमिका खेल्नेमा आफुलाइै विश्वास रहेको बताए । उनले भने ‘यस प्रकारको जिमहाउस तथा तेक्वान्दो डोजाङले बालबालिकालाई खेल खेलाउनको साथै अनुशासित हुन सिकाउने गर्दछ ।’

लामो समय प्रशिक्षक हुदै देश विदेशमा समेत तेक्वान्दो खेल खेलाउदै आएका होम बहादुर बस्नेत भीनपा १८ का वडा सदस्य समेत रहेका छन् उनेले मेलेशियामा कामको शिलशिलामा सेक्ुरेटी अफिसर तेक्वान्दोलाई निरन्तरता दिदैं १० वर्ष तेक्वान्दोका प्रशिक्षण गरे पछि अब आफ्नै गाँउ ठाँउमा गएर खेलाडी उत्पादन गर्नु पर्छ भने सोच बनाएर आफैले जिम हाउस तेक्वान्दो डोजाङ संचालनमा ल्याएर स्थानिय युवायुवतीहरुलाई खेल खोलाउदै आएका छन् । उक्त डोजाङ्गमा अहिले तेक्वान्दो खेल्ने युवायुवतीको उल्लेखनीय सहभागीता रहेको छ । जसले गर्दा युवायुवतिहरुलाई गल्त बाटोबाट रोक्न सफल भएको बस्नेत बताउछन् उनले भने,‘ सबै भन्दा ठुलो अनुशासन र संस्कार रहेकोले अहिलेका युवा पिडिलाई यो कुराको ज्ञान गराउन पनि डोजाङ्गले महत्व पुर्ण भुमिका खेल्ने छ ।’







