फेक भिडियोमार्फत डोटीमा प्रधानमन्त्री प्रचण्डको कार्यक्रमविरुद्ध कु-प्रचार: सत्यतथ्य यस्तो छ


डोटी : हालै सामाजिक सञ्जालमा पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को डोटीमा आयोजित कार्यक्रममा विरोध भएको भन्दै केही व्यक्तिहरूले फैलाएको भिडियो र जानकारीहरू पूर्णतः भ्रामक, मनगढन्ते र नियोजित रहेको खुलासा भएको छ।

उक्त भिडियोमा देखाइएको विरोध डोटीमा भएको दाबी गरिए पनि वास्तविकतामा न त त्यो विरोध डोटीमा भएको हो, न त्यस्तो स्थान नै डोटीमा रहेको छ। झन् विरोध गर्ने देखिने व्यक्ति डोटीका स्थानीयबासीसमेत नभएको प्रमाणित भएको छ। स्थानीय स्रोतहरूले जनाएअनुसार, डोटीमा आयोजित कार्यक्रममा जनसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। प्रधानमन्त्रीप्रति व्यापक स्वागत गरिएको र कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्पष्ट छ।

यो प्रकारको भ्रामक प्रचार–प्रसार माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको बढ्दो लोकप्रियता र जनसमर्थनप्रति आत्तिएका प्रतिगामी शक्तिहरूको नियोजित षड्यन्त्रको हिस्सा हो। “यो घटिया हर्कत, निम्नस्तरको षड्यन्त्र र पूर्णरूपमा फेक भिडियो हो,” माओवादी केन्द्र निकट एक स्रोतले बताए। “जनताले यस्ता कुचेष्टा र प्रचारबाट झन् सच्चाइ चिन्न सक्नेछन्।”


Loading Viewer...

ताजा समाचार

spot_img