झलारी : शुक्लाफाँटा नगरपालिका ११ का चार वटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका १२ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । साथी संस्थाको सहयोग तथा वडा कार्यालयको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको हो । नगर उप प्रमुख कल्पना पन्त र वडा अध्यक्ष शेर बहादुर साउदले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गरेका छन । बालबालिकालाई विद्यालय पोशाक, ट्रयाक सुट, कापि, सिसाकलम, डटपेन, औजार बक्स लगायत वितरण गरिएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख कल्पना पन्तले वितरण गरिएका शैक्षिक सामग्रीको सदुपयोग गर्दै बालाबलिकाले पढाईमा सुधार गर्ने विश्वास व्यक्त गर्नु भयो । नगर क्षेत्रबाट आगामी आवमा हुने सहयोगका लागि आफु प्रतिवद्ध भएर लागेको बताउनु भयो । वडा अध्यक्ष शेर बहादुर साउदले ठुलो वडा भएकाले एकै पटक लक्षित वर्गका सबै बालबालिबालाई शैक्षिक सामग्री वितरको कार्यक्रममा समेटन नसकेको उल्लेख गर्नु हुदै आगामी कार्यक्रममा क्रमशः सबैलाई समेटदै लैजाने बताउनु भयो ।

साथी संस्थाले गरेको सहयोगको सह्राना गर्दै उहाँले आगामी समयमा पनि सहकार्य गरेर अगाडी बढन आत्तुर रहेको उहाँले बताउनु भयो । वडा अध्यक्ष साउदको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथिमा नगर उप प्रमख कल्पना पन्त रहनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य शान्तिदेवी ऐर, सुर्जा विक, वडा सदस्य कमला देवी कामी र राजेश शाही लगायतले साथी संस्थाले गरेको शैक्षिक सामग्री सहयोगको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा साथी संस्थाका कर्मचारीहरुको पनि सहभागीता रहेको थियो ।







