लेहङ्गामा बुट्टा भर्न निपूण भए थारु महिला


राजेन्द्रप्रसाद पनेरु/झलारी : शुक्लाफाँटा नगरपालिका ३ का थारु समुदायका महिलाहरु लेहङ्गामा बुट्टा भर्न निपूण भएका छन । लेहङ्गामा महिलाहरुले बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्य संगै ड्राफ्ट तयार गर्ने कार्य सिकेका छन । थारु समुदायका बुढापाकाहरुले हातै सिएर कलात्मक रुपमा बनाउने लेहङ्गालाई आधुनिक तरिकाले बनाउनका लागि तालिम दिईएको छ । व्यवसायीक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र वडा कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन गरिएको ४५ दिने तालिममा २० जना महिलाले लेहङ्गा बनाउन र त्यसमा बुट्टा भरेर आकर्शक बनाउन सिकेका हुन ।

लेहङ्गा बनाउन आवश्यक पर्ने औजार, सिलाई मेसिन र कपडाको व्यवस्था संयुक्तरुपमा गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो । लेहङ्गाको बजार माग उच्च भएकाले बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउने र पूर्खौ देखि चलन चल्तीमा आएको पहिरन जोगाउन मद्दत पुग्ने भएकाले युवतीहरुलाई तालिम दिईएको उहाँले बताउनु भयो ।
बजारमा सहजै बिक्री हुने हिशावले परिस्कृत गरेर पहिरन बनाउनका लागि सीप सिकाउने कार्य गरिएको तालिम प्रशिक्षक लक्ष्मी चौधरीले बताउनु भयो । उहाँका अनुसार पहिला आजभोली जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो । एकै जोडी लेहंगा बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो ।

त्यो कार्य फुसर्दको समय मात्रै हुने गर्दथ्यो । आजभोली कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ । कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ । लेहङ्गा बनाउने कार्य सहज रुपमा हुने गरेको छ । “तालिममा सहभागी महिलाहरुलाई हाते कडाई गर्न सिकाएर लेहङ्गाको चैन स्टेज टाँकाले कटौटी काटन सिकाएका छौं” उहाँले भन्नुभयो, “ लेहङ्गामा ऐना, सितारा, रङग मिलान गर्ने कार्य संगै फिरफिरे गोठ सिलाई गर्न सिकाएका छौं, लेहङ्गाको रंगी विरंगी कपडामा सिलाई गर्न सिकाएका छौं ।” एकजोर लेहङ्गा दुई देखि तीन दिन सम्म लाग्ने गरेको छ । एक जोडी तयार गर्नका लागि रु तीन हजार देखि पाँच हजार सम्म खर्च लाग्ने गरेको छ । बजारमा लेहङ्गा रु तीन हजार देखि रु सात हजार सम्ममा बिक्री हुने गरेको छ । । लेहङ्गा बनाउने आवश्यक कपडा, सितारा लगायत भारतबाट मगाउनु पर्दा महंगो हुने गरेको छ ।
तालिममा सहभागी सवितादेवी चौधरीले लेहङ्गामा बुट्टा भर्ने, ड्राफ्ट तयार गर्ने कार्य सिकेको बताउनु भयो ।

“बुढापाकाहरुबाट पुरानो तरिकाले लेहङ्गा बनाउन सिकेको थिए” उहाँले भन्नुभयो, आकर्शक बुट्टा भर्ने कार्य तालिममा सिकेको छु, तालिममा सिकेको सीपको प्रयोग गरी व्यवसायीक रुपमा लेहङ्गा बनाएर व्यवसायीक कार्य गर्ने योजना छ ।” लेहङ्गा मात्रै नभएर चोली बनाउने तालिमको व्यवस्था गरिनु पर्ने उहाँको भनाई रहेको छ । थारु महिलाहरुले शरिरको तल्लो भागमा पहिरने लेहङ्गा रंगीचंगी कपडामा विशेष कढाई संगै ऐना राखेर बनाउने गरिन्छ । सांस्कृति समारोह, विवाह, सार्वजनिक आयोजनहरुमा लगाउने गर्दछन । कम्मरको नाप अनुसार लेहङ्गा बनाईने गरिन्छ । स्थानिय तहको गठन पश्चात परम्परागत पहिरन जोगाउनका लागि कार्यक्रमहरु सञ्चाल हुदै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img