सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दैजीमा लहरेबाली सम्बन्धी तालिम


झलारी : सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय झलारी अन्र्तगको सेवा केन्द्र दैजीले बेदकोट नगरपालिका १० मा शनिवार सञ्चालन गरेको एक दिने लहरे तरकारी बाली सम्बन्धि तालिम सम्पन्न भएको छ
सहकारीका अध्यक्ष शिब राज भट्टको अध्यक्षातमा गरिएको कार्यक्रममा रतन सिंह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । तालिम उद्घाटन गर्नु हुदै उहाँले वडा कार्यालयबाट हुने सहयोगका लागि सधैं तत्पर रहने बताउनु भयो । सहकारीका अध्यक्ष भट्टले तालिममा सिकेको सीपको प्रयोग गरी सहभागीहरुले व्यवसायीक तरकारी खेती गर्नमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी सहकारीका कार्यकारी प्रमुख मदन राज भट्टले तालिमले सदस्यहरुको आर्थिक अवस्था सुधारका साथै आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनु भयो । सदस्यहरुको मागका आधारमा आयआर्जनमा सहयोग पुरयाउने कार्यक्रम सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । तालिमका सहभागीहरुलाई बेदकोट नगरपालिकाको कृषि विकास शाखाका प्रमुख देवराज बडुले लहरे तरकारी बालीका लागि खेतबारी तयार गर्ने, बीउ छनौट गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, झारपात व्यवस्थापन गर्ने, मल व्यवस्थापन गर्ने, रोग किरा व्यवस्थापन गर्ने कार्य संगै बारीबाट तरकारी टिप्ने तौरतरिका र बजारमा लगेर बेच्ने कार्य बारे जानकारी दिनु भएको छ ।

तालिममा सहकारीको दैजि शाखाका प्रमुख महादेव महादेव नाथ, रत्न मावि चथरीका भानदेव राना, सृजनशिल साकोसका सेवा केन्द्र प्रमुख राजेन्द्र शाह लगायतको सहभागीता रहेको थियो । तालिममा १५जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img