अन्तर्वोध लेख संग्रह विमोचन कार्यक्रम सम्पन्न


जगदीश ओझा/ महेन्द्रनगर : अग्रज साहित्यकार नारा जोशीको तेस्रो कृति अन्तर्वोधको विमोचन तथा विमर्श कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भयेको छ। रिडर्स क्लबको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्षता सुरेन्द्रराज ओझा तथा प्रमुख आतिथि डा टेकराज पन्त रहेका थिए। बिमोचित कृतिमाथी स प्रा श्यामसुन्दर ढकाल तथा गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाले समिक्षा प्रस्तुत गरेका थिए। कविराज भट्टद्वारा सञ्चालित उक्त कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि बीर बहादुर चन्द विश्राम, पञ्चमराज भट्ट तथा आनन्दी पन्त, रमेश पन्त मीतबन्धु लगायतले ले शुभकामनासंगै रचना प्रस्तुत गरेको उक्त कार्यक्रममा स्नानीय ग्लोबल एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूले बिविध रचना वाचन गरेका थिए।

बिभिन्न समयमा लिखित २९वटा गद्य रचनाहरूको संगालोका रूपमा प्रकाशित सर्जकको तेस्रो कृतिमा साहित्यिक , सास्कृतिक,यात्रा संस्मरण, व्यक्तिबृत्त, धर्म-संस्कृति, शिक्षा तथा अन्य विबिध समसामयिक सामाजिक बिषयवस्तुका रचना संग्रहित गरिएका छन। वि सं २०१३/०२/०१मा दार्चुला जिल्लाको मोहति गाउँमा खिमानन्द-तुलसी अवस्थीका सुपुत्रीका रूपमा जन्मिएका नारा जोशी छोरीहरू घरभित्रै सीमित रहने बातावरणको घेरा तोडदै स्नातक सम्मको अध्ययन गर्नु भयेको र झण्डै ४ दशक लामो शिक्षण पेशाबाट अबकास पछि पनि अत्यन्त सक्रिय नारी सर्जकका रूपमा साहित्यिक, सांस्कृतिक तथा सामाजिक सेवाको क्षेत्रमा योगदान दिदै आउनु भयेका उनको यस अघि भीडमा एक्लो मान्छे लघुकथा संग्रह (२०६५)तथा मैले देखेको जीबन संस्मरण २०६९प्रकाशित भयेका छन। यी बाहेक पनि बिभिन्न प्रकाशनहरूमा डोट्याली तथा नेपाली भाषाका दर्जनौ फुटकर रचनाहरू प्रकाशित भयेका छन।

महाकाली साहित्य संगम, गुगुल्डि साहित्यिक मासिक पत्रिका,गुगुल्डि वाङ्मय प्रतिष्ठान, मानसखण्ड फाउन्डेसन लगायतका संस्थाहरूमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भयेका नारा जोशीको ब्यक्तित्व तथा योगदान अनुकरणीय रहेको छ। आफूले बुझेको जीवन र जगतका अनुभव तथा खोजका रूपमा सामाजिक जीवनका विविध पाटाहरू नियालेर सरल भाषा शैलीमा केही जानकारी, केही अनुभूति, केही संस्मरणसंगै सामाजिक सास्कृतिक बिरासतका आदर्शहरू प्रस्तुत गर्न खोजिएको छ। समाजको आधा आकाशको प्रतिनिधित्व गर्दै नारीवादी बिषयबस्तुहरूलाई यथोचित स्थान दिइएको छ ।समाजमा आफै पहिले आदर्श बन्न चुलोचौकाको घेराबाट माथि उठेर वौद्धिकरूपमा थुप्रै समस्याहरूको सामना गर्दै आयेका उनको संघर्षमय जीवन चरित्रको बिम्बात्मक प्रस्तुतिका रूपमा उनका रचनाहरूलाई हेर्न सकिन्छ। “मदेशकि कालीगाईले कैका सरू खायो। कैका हिय कति दु:ख कैले जाणि पायो।। लेखहरूमा यस्तै गीत, शक्तिहरूका दृष्टान्त प्रस्तुत गर्दै रोचकता तथा सामाजिक सास्कृतिक आदर्श प्रस्तुत गर्न खोजिएको पाइन्छ। सरल भाषामा सलल बगेको लेखन मा केही साहित्यिक तथा सास्कृतिक विषयवस्तुलाई खोजमूलक रूपमा प्रस्तुत गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img