राज्यबाट अन्याय भएको हुँदा मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय

आरक्षपीडितद्वारा वन मन्त्रालयमा ज्ञापन :


कञ्चनपुर: कञ्चनपुरका आरक्षपीडितले सरकारलाई फेरी ज्ञापन पत्र बुझाएका छन । आरक्षपीडितले बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले राज्यबाट अन्याय भएको भन्दै उनले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकालाई अनुनय गरेर ज्ञापन पत्र बुझाएको बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आरक्षपीडितको ज्ञापन पत्र बुझ्दै आरक्षपीडितका माग जस्ताको तेस्तै बुझाउने बताए । आरक्षपीडितका अगुवा गोबिन्द नेपालीले राज्यले पुर्नस्थापना गर्नुकोे साटो ढक्का लगायतका शिबिरमा अन्नबाली लगाउन अवरोध गर्दै आएको विषयमा गम्भिर मानव अधिकार हनन् भएको दुखेसो पोखेका छन ।

पीडितले बुधबारै निकुञ्जमा गएर अन्याय नगर्न समेत आग्रह गरेका छन । ०५८सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित पीडितको अहिलेसम्म पुर्नस्थापना नहुँदा उनीहरु अहिलेपनि विभिन्न खुला आकासमुनी बस्न बाध्य भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img