निःशुल्क बृहत योग विज्ञान शिविर सम्पन्न


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका – १ भाँसीमा बैशाख २० गते देखि सञ्चालन भएको निःशुल्क बृहत योग विज्ञान शिविर आज एक कार्यक्रम बिच भव्यताका साथ सम्पन्न भएको छ । ‘योग गरौँ, निरोगी रहौँ’ भन्ने मुल नारा लिएको पञ्तजलि योग समितिले हरेक उमेरका मानिसहरुको स्वास्थ्यलाई ध्यानमा राखि ५ दिने योग शिविर सञ्चालन गरेको हो । योग शिविरमा पतंजलि नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रले प्रशिक्षण दिनु भएको हो ।

बिहान ४ः३० बजे देखि शुरु गरिएको योग शिविरमा कञ्चपुर जिल्लाको विभिन्न स्थानबाट आई योग शिविरमा भाग लिएका थिए । योग, आयुर्वेद र योगले कसरी फाइदा गर्छ भन्ने बारेमा पतंजलि नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक मिश्रले जानकारी दिनु भएको थियो । पञ्तजली योग केन्द्रले विभिन्न स्थानमा योग शिकाउदै आएको छ, योगमा भागलिने हरेक समुहका मानिसलाई स्वास्थ्यमा फाइदा हुदै गएपछि अहिले योग तिर युवा देखि लिएर वृद्ध सम्म आकर्षण बढ्दै गएको छ ।

पाच दिन सम्म योग प्रशिक्षण दिनु भएका पतंजलि नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रलाई आज योग समिति कञ्चनपुरले सम्मान गर्नुको साथै मायाको चिनो दिएको छ भने आयोजक आर्दश नेपाललाई पनि सम्मान गरेको छ त्यसैगरी निःशुल्क बृहत योग विज्ञान शिविर सञ्चालन गर्नको लागि विभिन्न स्थानबाट सहयोग गर्ने सम्पुर्णलाई सम्मान पत्र दिएको छ । बैशाख २० गते बाट बैशाख २४ गते सम्म पाँच दिन सञ्चालन भएको निःशुल्क बृहत योग आज विधिवत रुपमा यज्ञ, होम गरी समापन गरिएको छ । आदर्श नेपालको आयोजनामा पंतजलि योग समिति कञ्चनपुरको सहयोग रहेको थियो । भने योग गर्नको लागि मेधावी माध्यमिक विद्यालयले खेल मैदान उपलब्ध गराएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img