प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक भट्टद्वारा जिम हाउस तेक्वान्दो डोजाङको अनुगमन


कञ्चनपुर : भीनपा–१८ वागवानी स्थित जिम हाउस तेक्वान्दो डोजाङको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागमा कार्यरत मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक जगदीश प्रसाद भट्टले अनुगमन गरेका छन् ।

अनुगमन गर्ने क्रममा भट्टले निजी लगानीमा बनेको जिम हाउस तेक्वान्दो डोजाङ एकदम उतकृष्ट र खेलाडीहरुको लागि उपयुक्त भएको बताए । अहिले युवाहरुलाई नशा मुक्त गर्नको लागि उनीहरुलाई शैक्षिक साथै खेलकुदमय वातावरण बनाउनु पर्ने बताए ।

बालबालिकाहरुले सहजै रुपमा क्म्प्युटर र मोबाइल जस्ता उपकरण प्रयोग गर्नाले उनीहरु घरको कोठामै समिति हुनुको साथै पढाईमा कमजोर हुने खेलकुद नखेल्नाले शरीर कमजोर हुने र सानै उमेरमा विभिन्न रोगको शिकार हुने हुनाले उनीहरुलाई सके सम्म मोबाइल देखि टाढा राखि पढाईको साथै खेलकुद युक्त वातावरण बनाउनु पर्ने मा भट्टले जोड दिएका छन् ।

जिम हाउस तेक्वान्दो डोजाङको अनुगमनको क्रममा मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक भट्टले साना साना तेक्वान्दो खेलाडीहरुलाई खेलकुद बाट कसरी राष्ट्रलाई चिनाउन सकिन्छ र कसरी खेलखेलेर सफल भईन्छ भन्ने भनाई राख्दै नशा मुक्त समाजको लागि खेल अति आवश्यक रहेको कुरा बताए ।

जिम हाउस तेक्वान्दो डोजाङका प्रशिक्षक हेम बहादुर बस्नेतले भने ‘विद्यृतिय उपकरणको यो युगमा अहिले बालबालिकाहरु घरको कोठामै समिति भएकाले उनीहरुलाई बाहिर ल्याउनको लागि पनि खेलकुदले महत्वपुर्ण भुमिका खेलेको छ, शैक्षिक साथै वोद्धिक विकासको लागि पनि खेलकुद जरुरी रहेको छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img