महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका – १ भाँसीमा निःशुल्क बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । पतंजलि योग समिति कञ्चनपुरको आयोजनामा शनिबार विहान ५ बजे बाट योग शिविर सञ्चालन भईरहेको हो ।भाँसी स्थित मेधावी माविको खेल मैदानमा योग शिविर सञ्चालन हुन लागेको पतंजलि योग समिति कञ्चनपुरका महा सचिव प्रेम भाटले बताए ।

बैशाख २० देखि २४ गतेसम्म चल्ने शिविरमा पतंजलि नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रले प्रशिक्षण दिने छन् । शारिरीक, मानसिक र अध्यात्मीक विकास सहित योग र आर्युवेदको जनजागरण अभियान अन्र्तगत आर्दश नेपालको आयोजना तथा पतञ्जली योग समिति कञ्चनपुरको सहयोगमा सञ्चालन भई रहेको छ । ५ दिने योग शिविरमा सबैमा सहभागीको लागि पतञ्ंजलि योग समिति कञ्चनपुरले आग्रह गरेको छ ।







