गरीब बिपन्न परिबारलाई चामल, दाल, तेल लगायत खाद्यान सामग्री वितरण


खडक बहादुर काेली/कञ्चनपुर : भीमदत्त नगरपालिकाले  आफ्नो वडाभित्र रहेका  गरिब र बिपन्नपरिवारहरूलाई खाद्यान सामग्री वितरण गरेको छ। भिमदत्त नगरपालिकाकि उप मेयर निलम लेखक जाेशीकाे बिशेष पहलमा ४, १३, १४, १५, १६, १८ र १९ वडाका १५ गरीब बिपन्न परिबारलाई चामल, दाल, तेल लगायत खाद्यान सामग्री वितरण गरिएको हो।

उप मेयर निलम लेखक जोशी  आफू अनुगमनमा जाँदा वडाहरूमा गरिब, विपन्न, असहाय , गरिब दलित र एकल महिला भेटिएकाले उनीहरूको पीडालाई देखेर आफ्नो पहलमा भीमत नगरपालिकाबाट उप मेयर गरिब ,विपन्न सहयोग कार्यक्रम अन्तर्गत बजेट छुट्याइएको थियो। त्यही बजेट अनुसार वडाभित्र रहेका गरिब दलित विपन्न गैरदलित क्रिया बसेका व्यक्तिहरू एक्ल महिला र  मजदुर गरी १५ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको उप नगर प्रमुख नीलम लेखक जोशीले बताएकी छन् उपप्रमुख जोशी विकासका कामका साथसाथै सामाजिक सेवामा पनि सक्रिय देखिएकी छन्।

उनले आफ्नो व्यक्तिगत लगानीमा समेत  सामाजिक  सेवा गर्दै आएकी छन्। आफ्नो कार्यकालदेखि नै  आफ्नो व्यक्तिगत लगानी र  नगरपालिकाबाट विभिन्न शीर्षकमा बजेट छुट्याएर गरिब विपन्न दलित परिवारहरूको सेवा  सक्रिय छन।


Loading Viewer...

ताजा समाचार

spot_img