अखिल क्रान्तिकारीले भन्यो, ‘मापदण्ड विपरित निजी विद्यालय शुल्क अशुल्दै, सरकार हेरेको हे¥रै


कञ्चनपुर : अखिल क्रान्तिकारीले कञ्चनपुरका निजी विद्यालय मापदण्ड विपरित भर्ना शुल्क अशुलिरहेको बताएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्लाका निजी विद्यालय मापदण्ड विपरित भर्ना शुल्क अशुलिरहेको बताएको हो ।

सोमबार अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयका शिक्षकहरु काठमाण्डौँ सडक आन्दोलनमा रहेका बेला निजी विद्यालयले अभिभावको ढाड सेक्ने गरेर शुल्क अशुलिरहेको जनाएको छ । संस्थागत विद्यालय मापदण्ड निर्देशिका ०७२विपरित शुल्क अशुलिरहेको भन्दै सरोकारवाले यस्ता क्षेत्रमा तत्तकाल ध्यान दिनुपर्नेमा जोडदिएको छ । सिटिभिटीले समेत लिईरहेको शुल्क समेत चर्को भएकाले सो पनि घटाउनुपर्नेमा माग अघि सारेको छ ।

लामो समयदेखि सडक आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेत विद्यालय फिर्ता हुने वातावरण बनाउन समेत सुझाव दिएको छ। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)द्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा भर्ना शुल्कका नाममा आचाक्ली अनियतता गरेर संघर्षको चेतावनी दिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img