साहित्यकार कान्तको नवौ कृति ” फेरि अमेरिकामा ” प्रकाशित


जगदीश ओझा/कञ्चनपुर  : सुदूरपश्चिमको साहित्यिक बृत्तमा सुपरिचित पाका सर्जक कृष्णदत्त चटौत कान्तको नविनतम कृति फेरि अमेरिकामा प्रकाशित भयेको छ। मानसखण्ड फाउन्डेसनको आयोजनामा अग्रज साहित्यकार कृष्णदत्त चटौतको नवौ कृति फेरि अमेरिकामाको विमोचन तथा विमर्श कार्यक्रम मिति२०८२।०१।०६का दिन महेन्द्रनगर सम्पन्न गरिएको छ।  मानसखण्ड फाउन्डेसनलाईका अध्यक्ष साहित्यकार नारा जोशीको अध्यक्षता, डा टेकराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कविराज भट्ट तथा स्वागत हेमबाबु लेखकले गरेका थिए। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, शारदा विद्यापीठ महेन्द्रनगर कन्चनपुरका सह-प्राध्यापक द्वय हरिप्रसाद खतिवडा तथा श्यामसुन्दर ढकालले समिक्षात्मक मन्तब्य, चन्द्रकला पन्तले सर्जक कान्तज्यूलाई बधाई मन्तब्य र वाल प्रतिभा कपिलदेव ओझाले पाठकीय मन्तब्य प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा खिमानन्द वडू, साक्षी खतिवडा, डा मोहनप्रसाद पन्त, कृष्णदत्त चटौत कान्तले कविता वाचन गरेका थिए।

उक्त कार्यक्रममा गुगुल्डि वाङमय प्रतिष्ठान कञ्चनपुरका तर्फबाट सर्जक चटौतलाई सम्मान स्वरूप प्रतिष्ठानका सचिब जगदीश ओझाले मायाको चिनो प्रदान गरेका थिए। पत्रकार महादेव अवस्थी तथा साहित्यकार रमेश पन्त मीतबन्धुद्वारा ब्यबस्थापन गरिएको कार्यक्रममा  अमेरिका भ्रमणको संस्मरणात्मक अनुभवलाई सरल तथा सुललित शैलिमा प्रस्तुत गरिएको तथा अमेरिका बारेका जिज्ञासालाई समेत समेटदै पठनयोग्य कृति प्रकाशनमा सफल सर्जकलाई वक्ताहरूले वधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कृतिमा जगदीश ओझा, रमेश पन्त मीतवन्धु तथा कविराज भट्टका भूमिकामूलक आलेख र सर्जकका भ्रमणकालमा खिचिएका तस्विरहरू अतिरिक्त सामग्रीका रूपमा समाबेश गरिएका छन। नियात्रा विधाको सर्जकको यो तेस्रो कृति हो ।मध्यमखाले आकारमा प्रकाशित कृति ५•५”×८•२५”साइज र ७८+१३पृष्टमा रहेको छ। साहित्य जीवन र जगतको देखाइ तथा भोगाइको प्रतिबिम्ब हो भन्ने कथनको सादृश्यको रूपमा अग्रज साहित्यकार कृष्णदत्त चटौत कान्तका रचनाहरू रहेका छन।

सादा जीवन र उच्च विचारका धनी कान्त लामो समयसम्म शिक्षण पेशामा संलग्न थिए। खासगरि आदर्शोन्मुख यथार्थवादी पृष्टभूमीमा उनका रचनाहरू रहेका पाइन्छन। हाल सम्म  २ वटा कथा संग्रह अस्ताचलको सूर्य र गुनासो, एउटा डोट्याली भाषाको उपन्यास मल्लोबाटो, एउटा कविता संग्रह कवि कान्तका केही कविता,  हाम्रा देवता हाम्रो गाउँ(आलेख), कृष्णकान्तका केही संस्मरण,  तिहाड जेठदेखि जनकपुर रेलसम्म (नियात्रा) ,यो अमेरिका हो (यात्रा बृतान्त)र फेरि अमेरिकामा (नियात्रा)समेत नौवटा कृति प्रकाशित गर्न सफल कान्त पाको उमेरमा पनि सक्रिय र उर्जाशील भै साहित्य सेवामा समर्पित रहेका छन। सयौका संख्यामा प्रकाशित अप्रकाशित फुटकर रचनाहरू समेत उनका रहेका छन।

सेवाबाट अवकास पछि लेखन, भ्रमण, संस्थागत संलग्नता एवम् सामाजिक सास्कृतिक क्षेत्रमा स्वतस्फूर्त रूपमा सक्रिय
“फेरि अमेरिकामा “कृतिमा सर्जकले आफ्नो भ्रमणको क्रममा देखेका र बुझेका कुराहरूलाई २९ बटा शिर्षकमा सटीक ढंगले प्रस्तुत गरेका छन। अमेरिकाको गन्तव्यलाई महत्वपूर्ण ठान्ने र जानेहरूका लागि यस कृतिले मार्ग निर्देशन हुने कुरामा सर्जक विश्वस्त छन। साथै तुलनात्मक रूपले पढाइ तथा रोजगारका लागि  अमेरिकाको बिकल्प छिमेकि मुलुक पनि हुन सक्ने तर्क गरेका छन। अमेरिकाको अवस्था र व्यबस्थालाई सर्जकले बुझे जति कृतिमा पस्किनुका साथै भ्रमण गरेका स्थान संगै त्यहा बिकसित भैरहेको आप्रवासी नेपालीहरूको संस्कृतिका कुरा समेत उठान गरिएका छन  ।

अहिले युवापुस्ता बिदेशिने सवालमा चासो ब्यक्त गरिएको छ  ” अर्काको देशमा गई सुखमा भुलेर मातृभूमीलाई भुल्नु हुदैन र सके सम्म आफ्नै देशमा केही गर्नु पर्दछ  ” भन्ने राष्ट्रवादी सन्देश समेत सम्प्रेषण गर्न खोजिएको छ। सरल भाषा र  प्रवाहमय लेखनले पाठकमैत्री कृतिका रूपमा यो कृति रहने छ। खासगरि अहिलेका युवापुस्तालाई र अमेरिकाबारेमा जानकारी लिन चाहने जो सुकैका लागि कृति पठनीय रहेको छ। केही सामान्य प्रुफरिडिङ र सेटिङका त्रुटी बाहेक पुस्तक रोचक रहेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img