नेपाल भारत सीमा क्षेत्रमा ४४ ग्राम ब्राउन सुगर सहित ४जना पक्राउ


किशोर तामाङ /कञ्चनपुर
पछिल्लो समयमा नेपाल भारत खुल्ला सिमाका कारण सिमावर्ती क्षेत्र लागूपदार्थ ओसारपसार, , चेलीबेटी बेचबिखन र अबैध कारोवारको ट्रान्जिस्ट प्वाइन्ट बन्दै आएको छ। कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सीमा क्षेत्रमा ४४ ग्राम ब्राउन सुगर सहित ४जना पक्राउ गरेका छन । नेपाल प्रहरीले कञ्चनपुरको दक्षिणी क्षेत्र सिमावर्ती क्षेत्र बेलाैरी नगरपालिका वडा नम्बर १ फटैयाबाट ४४ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ गरेका छन।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका ४ घर बताउने दिनेश भट्ट, बेलौरी नगरपालिका वार्ड न.१ घर बताउने रमेश राउत, सोही स्थानका, रोशन शाही र गगन शाही रहेको प्रहरीले जनाएको छ। बिशेष सुचनाको आधारमा प्रहरीले लाघु औषध सहित धरकपट गरेको श्रोतले जनाएको छ । अहिले पक्राउ परेका चारैजनालाई प्रारम्भिक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ। शुक्रबार पक्राउ गरेको ४४ ग्राम ब्राउन सुगर यस क्षेत्रमा पक्राउ परेका लागू औषध मध्ये अहिले सम्मकै अत्यधिक मात्र रहेको प्रहरीले जनाएको छ।

Loading Viewer...

ताजा समाचार

spot_img