झलारी : शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीमा आज सञ्चालन गरिएको एक दिने आँख शिविरबट चार सय सात जना लाभान्वीत भएका छन । गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको आँखा शिविरमा एक सय ४७ पुरुष र दुई सय ६० महिलाले सेवा पाएका छन ।

शिविरमा आँखा चेकजाँचका लागि पुगेका विरामीलाई नेत्र चिकित्सकले परामर्श दिने कार्य संगै औषधी उपलव्ध गराएका थिए । शिविरमा पुगेका ३३ जनामा मोतिया बिन्दुको समस्या देखा परेको स्वास्थ्यकर्मी (एचए) गणेश रानाले बताउनु भयो । उहाँका अनुसार मोतिया बिन्दु देखा परेका विरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया गरिने छ ।
शिविरमा उपचारका लागि पुगेका आँखाका विरामीहरुबाट पर्चा वाफत रु २० र चश्मा वाफत रु दुई सय देखि रु छ सय रकम लिईएको सेवाग्राहीहरुले बताउनु भएको छ । निःशुल्क शिविर भनेर रकम असुल गरेको भन्दै स्थानिय सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका थिए । शिविरको नगर उप प्रमुख कल्पा पन्तले उद्घाटन गर्नु भएको थियो ।

