दोधारा चाँदनीमा ५० घरपरिवारलाई शौचालय निर्माणमा सामग्री सहयोग

दोधारा । न्यून आयश्रोत भएका बिपन्न र दलित घरपरिवारलाई शौचालयको निर्माण सामग्री सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोगमा वडामा रहेका बिपन्न र दलित घरपरिवारलाई शौचालय निर्माण गर्न आवश्यक सामग्री प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिनुभएको छ् । शौचालय निमार्णम चाहिने रिङ्ग, पाईप, पेन सेट लगाएत सामग्रीमा सहयोग गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो ।

कच्ची शौचालय तथा शौचालय बनाउन नसक्ने घरपरिवारलाई शौचालय निर्माण गर्न सघाउ पुगोस् भन्ने हेतुले शौचालयको निर्माण सामग्री सहयोग गरिएको वडाध्यक्ष बहेक क्षेत्रीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार वडामा रहेका गरिब तथा बिपन्नहरुलाई शौचालय निमार्णको लागी उक्त सामग्री बितरण गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालयले प्रत्येक वर्ष बिपन्नहरुलाई शौचालय निमार्णमा सघाउ पुगोस भन्ने उद्धेश्यले शौचालय निमार्ण कार्यमा सहयोग गर्दै बताईएको छ् । अझै सम्म वडा कार्यालयले २ सय ५० घरपरिवारलाई शौचालय निमार्णमा सहयोग गर्दै आएको वडा कार्यालयले जनाएको छ् ।

 

ताजा समाचार