मझगाउँ बिमान स्थल निर्माणमा सरकार बेखबर, नयाँ सालमा आएन परिक्षण बिमान!

कञ्चनपुर : कञ्चनपुर जिल्लाको सदरमुकाम मझगाउँमा पुनः निर्माण थालनी गरेको विमानस्थलको काम रोकिएको छ । मझगाउँ विमानस्थल निर्माण कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम सुरु गरिए पनि पुन निर्माण कार्यमा सेना बाधक बन्दा रोकिएको छ । गत वर्ष निकुञ्ज प्रशासनले सेना लगाएर विमानस्थलको काम अवरोध गरेको रत्न बाटिका क्षेत्रमा डोजर लगाएर पुनः काम सुचारु गरिएको थियो । विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एन्ड कम्पनी जेभीले डोजर लगाएर रोकिएको कामको सुरुवात गरे पनि पछिल्लो समयमा सेनाले अवरोध गर्दा २ सय मिटर रनवेको जमिन अपुग हुदा निर्माण कम्पनीका स्रोत साधन थन्किएका छन् ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्रबहादुर चन्दले निकुञ्ज प्रशासनले झन्डै तीन सय ४० मिटर लम्बाइ क्षेत्रमा नेपाली सेना लगाएर काम अवरोध गरेपछि अवरोध गरिएको विषय एक वर्ष कुर्दा समेत कुनै पहल नभएपछि जनताको उपस्थितिमा निर्माण कम्पनीका डोजरमार्फत माटो भरानको काम सुरु गरिएको थियो । ‘अहिले हामीले रत्न बाटिका क्षेत्रमा अवरोध गरेको स्थानमा काम सम्पन्न भई सके पनि काम निरन्तर अघि बढ्दा, सेनाले निर्माण कार्यमा बाधा गर्दा अहिले काम रोकिएको चन्दले बताए ।’ चन्दले भने ‘ गृह मन्त्री रमेश लेखकले फ्रेबुअरी १४ भेलन्टाईन डेका दिन सेना सँग सम्झौता भयो अब छिटै विमान स्थल काय शुरु हुन्छ भनेका थिए तर उनले त अप्रेल फुल मनाएको रहेछ ।’ मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सञ्चार संयोजक ज्ञानेन्द्र महताले विमानस्थलको दक्षिणतर्फ नेपाली सेनाको फुटबल खेलमैदान भएको जमिन सहित लिएर धावनमार्ग निर्माण गर्ने योजना भए पनि निर्माण कार्यमा पछिल्लो समयमा विभिन्न बहानामा सेनाले अवरोध गरेको आरोप लगाएका छन्। उनले अवरोध गरिएको कार्यको थालनीमा नेपाली सेना र निकुञ्ज प्रशासनले जिम्मेवार बन्नुपर्ने बताए । उनले भने‘ बैशाख १ गते मझगाँउ विमान स्थलमा परिक्षण उडान गर्ने भनेर दावी गर्ने गृहमन्त्रीले जनतालाई हेरेको हेरै बनाए !

’मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्द ठकुरीले जनताले विकास चाहिरहेका वेला सेना, निकुञ्जले अवरोध भन्दा सहजीकरण गरेर जनमुखी बन्नुपर्ने बताए ।२७ वर्ष नियमित सञ्चालन भई २२ वर्षसम्म बन्द रहेको मझगाउँ विमानस्थल बि.स २०७८ देखि निर्माण कार्य सुरु भएको थियो । झन्डै २३ वर्षदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालन हुने भएको थियो । बि.सं. २०३० सालदेखि ०५६ सालसम्म सञ्चालनमा रहे पनि सरकारले सुरक्षाको कारण देखाएर बि.स २०५६ सालदेखि हाल सम्म बन्द रहेको छ । नेपाल नागरिक उययन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले ४५ करोड ६६ लाख २४ हजार सात सय १४ रुपैयाँमा रनवे सहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एन्ड कम्पनी जेभीले ठेक्का पाएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उययनमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे वृद्धि गर्नुपर्ने बताउँदै भविष्यलाई दूरदृष्टि राख्दै हाल साबिक रहेको एक हजार पाँच सय २५ मिटर वृद्धि गरेर दुई हजार पाँच सय मिटर लामो रनवे बनाउनुपर्ने बताएका थिए ।’झन्डै ६६ बिघा क्षेत्रफल र १५.२५ मिटर लम्बाइ रहेको विमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ । निर्माण कम्पनीले हालसम्म झन्डै १३ सय मिटर रनवेको बेस तयार गरिसकेको जनाएको छ । उक्त धवन मार्गलाई कालो पत्रे गर्ने निर्माण कम्पनीले तयारी गर्दैछ ।

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती भए पनि पछिल्लो समयमा सरकार अस्तव्यस्त हुँदा निर्माणको काम भने रोकिएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा २०८१ फागुन २ गते शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएता पनि विमानस्थलको निर्माण कार्य हाल सम्म अघि बढ्न सकेको छैन् । बैठकमा शुक्लाफाँटा राष्टिूय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको बताए पनि सरकारको पहल कदमी नपुग्दा सरकार प्रतिको अविश्वास बढ्दै गएको छ। उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेपनि पछिल्लो समयमा कुनै चासो नदेखाएको विमानस्थल सञ्चालन समितिले आरोप लगाएको छ। सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ(आफ्नो धारणा राख्नुभएको थियो ।

२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा सहमती हुन नसक्दा निर्माण प्रभावित हुदै आएको थियो । फाल्गुन २ गते शुक्रबार बसेको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए लगतै कञ्चनपुरका स्थानिय हर्षित भएका थिए । तर उक्त सम्झौता कार्य नयन नहुँदा ‘कागलाई बेल पाक्यो, हर्ष न विषमात’ भनेको जस्तै भएको छ । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटवल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिनुभएको थियो । समाचारमा आए पनि सेनाले उक्त जग्गाको सट्टामा आफुलाई सोही बराबरको जमिन उपलब्ध गराउनु पर्ने अडान राखेको हुदाँ निमार्ण कार्यमा अवरोध आएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष ठकुरीले बताए ।’ कञ्चनपुरको क्षेत्र नं. ३ बाट संघिय प्रतिनिधिसभा सदस्य लेखक गृहमन्त्री भए संगै कञ्चनपुर मझगाउँ विमानस्थललाई लिएर स्थानिय हर्षित भएका भएका थिए तर उनको ठोस पहल कदमी र चासो नदिदा पछिल्लो समय स्थानिय बासिन्दा निराश हुदैं गएकाछन् । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उययन प्राधिकरणको ५० प्रतिशतमा विमानस्थल तीन बर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको भएपनि सरकार पक्षको ढिलाई सुस्ती गर्दा समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन् निर्माण कम्पनीले ०८२ माघ भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि १ वर्षको म्याद थपेको निर्माण कम्पनीले जनाएको छ ।

ताजा समाचार