पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ को नवनिर्मित कार्यालय भवन उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नव निर्मित कार्यालय भवनको उद्धघाटन गर्नुभएको हो । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षतामा भएको एक कार्यक्रमको बिच नगर प्रमुख किशोर कुमार लिम्बुले वडा कार्यालय भवनको उद्धघाटन गर्नु भएको हो । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजना सहित काम अघि बढाएको छ् । वडा कार्यालय भवन उद्धघाटन गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले अझै केही वडा कार्यालयको भवन निमार्णको लागी पहल भईरहेको बताउनुभएको छ् । नगरप्रमुख लिम्बुले सबै वडामा पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।

दोधारा चाँदनी नगरपालिकाले बिनियोजन गरेको झण्डै रु. ९० लाखमा वडा कार्यालयको भवन निमार्ण भएपछि सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । वडाध्यक्ष भक्त बहादुर सुनारले आफ्नै कार्यालयबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनु भयो । उहाँका अनुसार भवन निर्माण भएपछि जनतालाई सेवा दिन सहजता हुने बिश्वास गर्नुभएको छ् ।
वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व नगरउपप्रमुख चिनी गिरी ओझा, वडाध्यक्ष भक्त बहादुर सुनार लगाएत जनप्रतिनिधी, स्थानियबासी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वडामा बसोबास गर्ने महिला स्वयमसेवीका, कर्मचारी, पुर्व जनप्रतिनिधी लगाएतलाई सम्मान गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।
