महिला साना किसान कृषि सहकारी संस्था झलारीमा आवद्ध साठी जना महिलालाई वित्तिय साक्षरता तालिम

झलारी : शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई वित्तीय साक्षरता तालिम दिएको छ। सहकारीले ६० जना सदस्यहरुलाई वित्तीय साक्षरता तालिम दिएको हो।
सहकारीका सदस्यहरुको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले एक दिने साक्षरता तालिम सञ्चालन गरिएको अध्यक्ष धनेश्वरी भट्टले बताइन्। उनका अनुसार तालिमका सहभागीहरुलाई आम्दानी, खर्च, बजेट, बचतलगायतका विषयमा प्रशिक्षण दिइएको छ।

‘सेयर सदस्यहरुलाई सहकारीका गतिविधिबारे जानकारी दिनुका साथै उनीहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरेका हौं,’ उनले भनिन्। २०७० सालमा स्थापना भएको उक्त सहकारीमा १ हजार ६ सय ७५ सेयर सदस्य छन्।
सहकारीमा ३ सय १० वटा समुह आवद्ध छन्। सहकारीको सेयरपुँजी १ करोड ६० लाख ३६ हजार छ भने निक्षेप ४ करोड १६ लाख ६५ हजार रहेको छ। सहकारीको मुनाफा २४ लाख १ हजार छ भने जोखिम कोष ७० लाख ११ हजार रहेको छ।
सहकारीका अध्यक्ष धनेश्वरी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्त, विशिष्ट अतिथिमा वडा नं। ११ का सदस्य शान्तीदेवी ऐर रहेका थिए।

ताजा समाचार