कञ्चनपुर: नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरकोे अध्यक्षमा युवा नेता जनक महर चयन भएका छन । शनिबार महेन्द्रनगरमा क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरकोे दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा महर सर्वसम्मत चयन भएका हुन । क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशका इन्चार्ज दिपेन्द्र सिह ऐरले युवा नेता महरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको बताए ।

उनका अनुसार क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य झलक विश्वकर्माको प्रमुख आथित्य, बहुमत प्रदेश इन्चार्ज निर्मल राई, जिल्ला इन्चार्ज रोशन रैकाय सहितका नेता कार्यकर्ताहरुले चयन भएको क्रान्तिकारी युवा संगठनका पदाधिकारीलाई बधाई तथा शुभकामना दिर्दै युवाका पक्षमा काम गर्न आब्हान गरेका छन । क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका जनक महरले युवाका हितमा काम गर्ने प्रण गरेका छन ।
