नक्कली नोट पहिचानका लागि बैंक, वित्तिय संस्थाका कर्मचारीलाई अभिमुखिकरण


कञ्चनपुर : नक्कली नोट पहिचानका लागि सीमावर्ती जिल्ला कञ्चनपुरका बैंङ्किक, वित्तिय तथा सहकारी संघ संस्थाका कर्मचारीहरुलाई अभिमुखिकरण गराएको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले कञ्चनपुरका बैंङ्किक, वित्तिय तथा सहकारी संघ संस्थाका कर्मचारीहरुलाई अभिमुखिकरण गराएको हो । राष्ट्र बैंकले शुक्रबार महेन्द्रनगरमा जिल्लाका विभिन्न बैंक, वित्तिय संघ संस्था, सहकारीका कर्मचारीहरुलाई ‘शंकास्पद विदेशी मुद्दा पहिचान बैंङ्किक कारोबार संचालन नोट सटिङ्ग तथा जाली नोट पहिचान सम्बन्धी अभिमुखिकरण गराएको जनाएको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका सहायक निर्देशक अर्जुन बहादुर धामीले पछिल्ला बर्षहरुमा नक्कली नोटको विगबिग बढिरहेका बेला समयमै बैंक र वित्तिय संघ संस्थाहरुलाई सचेत गराउने उदेश्यका साथ अभिमुखिकरण गराएको बताए ।

‘अहिले वित्तिय क्षेत्रमा सम्वेदनशिल चुनौती देखिएका छन, ‘उनले भने, ‘नोटको कारोबार हुने बैंक, वित्तिय संस्थाका कर्मचारीहरुले नक्कली नोट पहिचान गर्न सके वित्तिय अपराध रोकिन्छ ।’ छिमेकी मुलुक भारतसंग सीमावर्ती रहेको कञ्चनपुरमा समेत जोखिम भएकाले समयमै यस बारे सरोकारवाला पक्षलाई जानकारी गराएको उनले बताए । कार्यक्रममा राष्ट्र बैंक केन्द्रीय कार्यालयका बैैकिङ्गका उप निर्देशक माधव प्रशाद पोखरेलले बैदेशिक मुद्दा, डलरमा समेत जोखिम भएकाले त्यसको समयमै पहिचान गर्न सके नक्कली नोटको अवैध कारोबार रोक्न सकिने बताए । उप निर्देशक पोखरेलले यसका लागि सेवा प्रदायक संघ संस्था सरोकारवाला समयमै सचेत हुनुपर्ने बताए । ‘संसारभर सबैभनदा बढि यूएस डलरकोे कारोबार हुन्छ, ‘उनले भने, ‘यसमा बैंकले डलर सटही गर्दा समेत हुनुपर्छ ।’ राष्ट्र बैंक केन्द्रीय कार्यालय मुद्रा व्यवस्थापन विभागका सहायक प्रबन्धक समुद्र सापकोटाले नक्कली सक्कली नोट पहिचान सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीले सक्कली नोटका फिचर बारे प्रर्याप्त जानकारी दिनुपर्ने बताए ।

‘हामीले वास्तविक नोटका सबै फिचर बारे पुर्व जानकारी पाए पनि नक्कली नोट पहिचानमा समस्या हुँदैन, ‘उनले भने, ‘कदमकचाचित बैंकका नक्कली नोट आएपछि नियन्त्रणमा सहज हुन्छ, जोखिमबाट बाँच्न सकिन्छ ।’ राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका प्रमुख केशर बहादुर केसीले सुदूरमा पनि नक्कली नोटको जोखिम भएको भयाभह नभएको बताए । उनले अहिलेदेखि नै बैंक, लगायतका सबै वित्तिय संघ संस्थाहरुले नक्कली नोट पहिचानका लागि ज्ञान लिन सके थप जोखिम नहुने बताउँदै उनले जाली नोट नियन्त्रणमा सरोकारवालाको भूमिकामा जोडदिए । ‘हाम्रो नेपाली नोटमा जति धेरै फिचर (विशेषता) राख्यो त्यतिधेरै खर्च बढ्छ, ‘उनले भने, ‘नेपाली नोटमा सेक्युरेटरी फिचर पर्याप्त नै छ ।’

उनले वित्तिय साक्षरता आवश्यक रहेको बताउँदै उनले नक्कली नोट बैंकमा आए त्यसमाथि कार्बाहीका लागि ०७७ सालमै बनेको जाली नोट नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था अनुरुप अघि बढ्नुपर्नेमा ध्यानाकर्षण गराएका छन । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक शाखा महेन्द्रनगरका सहायक प्रबन्धक रोशन पन्तले नक्कली नोटबारे वित्तिय साक्षरता अभियान प्रभावकारी भएको बताए । उनले बैंकका डलर सटहीका लागि आउने सेवाग्राहीले बढि नोट माग्दै आएको बताए । राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका राम कुमार चौधरीले सचालन गरेको कायर्यक्रममा जिल्लाका बैक, वित्तिय संघ संस्था, सहकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img