स्थानीय सेवा ऐन जारी नभएपछि राष्ट्रिय स्तरका कर्मचारी संघ संगठनद्वारा मुख्यमन्त्री ज्ञापन


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै राष्ट्रिय स्तरका प्रदेशमा कार्यरत विभिन्न कर्मचारी सङ्घ सङ्गठनहरूले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । बिहीबार सात निजामती कर्मचारीका सघ सङ्गठनहरूले स्थानीय सेवा ऐन जारी गर्न माग मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल निजामती कर्मचारी सङ्गठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले निजामती कर्मचारी सङ्गठन सहित सात सङ्घ सङ्गठनहरूले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

प्रदेश अध्यक्ष जोशीले स्थानीय तहमा कार्यरत सम्पूर्ण प्रकारका कर्मचारीहरूको अपनत्व हुने गरि ऐन तत्काल जारी गर्नुपर्ने अन्यथा नेपाल निजामती कर्मचारी सङ्गठनले अन्य सङ्गठन र युनियनलाई साथमा लिएर आन्दोलन गर्ने र सो बाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिए । सुप प्रदेश बाहेक अन्य प्रदेशमा स्थानीय सेवा ऐन र नियमावली जारी भएको अवस्थामा सुप प्रदेशमा ढिलाई भइरहेको भन्दै ऐन पारित गराउनका लागि कर्मचारी सङ्घ सङ्गठन सडकदेखि आन्दोलनमा आउन बाध्य भएको मुख्यमन्त्री शाहको ध्यानाकर्षण गराएका छन ।

निजामती कर्मचारीहरूको आधिकारिक टेड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशी, एकीकृत सरकारी कर्मचारी सङ्गठन केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेपाल निजामती कर्मचारी सङ्गठन सुप प्रदेशका अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्म बहादुर देउवा, एकीकृत सरकारी कर्मचारी सङ्गठन प्रदेश अध्यक्ष जनकराज जोशी, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष खेमराज जोशी, नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा प्रदेश सभामा दर्ता भएको विधेयक यथाशीघ्र कार्यान्वयन गरेर स्थानीय तहका कर्मचारीको वृद्धि विकासमा जोड दिएका छन । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहीले ऐन पारित विषयमा अघि बढ्ने बचन दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img