कञ्चनपुर: त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसले एप्लाईड ईकोलोजी सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । प्राणी शास्त्रविभाग, सिद्धनाथ विज्ञान क्याम्पसको आयोजनामा, Megafauna Ecology and Conservation Group -MEC, XTBg\, चीनको सह–आयोजनमा तथा नेपालीपक्षी संघ(NOU), काठमाडौंको सहकार्यमा एप्लाईड ईकोलोजी सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । सिद्धनाथ विज्ञान क्याम्पसका उप प्राध्यापक एव कार्यक्रम संयोजक डा. बलराम अवस्थीले प्राध्यापक, विद्यार्थी अनुसन्धानकर्ता र शिक्षक मण्डलको सहभागिता कार्यक्रम भएको बताए ।

उद्घाटन सत्रमा क्याम्पस प्रमुख, सहप्राध्यापक, डा. गजराम दमाईले सहभागीहरूलाई अनुसन्धान र वातावरणीय चेतनामा अग्रसर हुन प्रेरणा प्रदान गर्नुभयो । कार्यशालामा प्रमुखवक्ता प्राध्यापकडा. अहिंसा आर्सेइज–क्याम्पोस, मेगाफाउनाइकोलोजी र कन्जर्वेसनका प्रमुख अनुसन्धानकर्ता, उपस्थितथि । उनले ”egafauna Ecology and Conservation in Tropical Asia” विषयमाअन्तर्राष्ट्रिय सन्दर्भमाव्याख्या गरे। डा. अहिंसा, जो Xishuangbanna Tropical Botanical Garden, Chinese Academy of Sciences, China मा प्रमुख अनुसन्धानकर्ता हुन्, १०० भन्दा बढी पियर–रिव्यू गरिएको प्रकाशन, ५,४०० उद्धरण र ५९ ज्–इन्डेक्सभएका छन्। उनी IUCn का तीनविशेषज्ञ समूहका सक्रिय सदस्य र Integrative Conservation पत्रिकाका प्रधान सम्पादक पनि हुन ।

कार्यशालामा डा. बलराम अवस्थी, उपप्राध्यापक डा. लिसाओङ, प्राध्यापक डा. अहिंसा आर्सेइज–क्याम्पोस, उपप्राध्यापक तिलमाया ढकाल, ,सह-प्राध्यापक डा. नरेन्द्र बहादुर चन्द, सुरज बराल, उप प्राध्यापक डा. प्रकाशदत्त भट्ट, ,सह प्राध्यापक डा. महादेव विष्ट, लक्ष्मण पौडेल, हतन चौधरी, उप प्राध्यापक डा. शिविश भण्डारी तथा वन्यजन्तु प्राविधिक देवराज जोशी लगायतका विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति र प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई फिल्ड अभ्यास, तथ्यांक विश्लेषण, चरा सम्बन्धी अध्ययन प्रविधि, वनस्पति तथा स्तनधारी अनुसन्धानका उपकरणहरूबारे ज्ञान प्रदान गरिएको थियो। कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सहभागी विद्यार्थीहरूले यस कार्यशालामा पर्यावरणीय अनुसन्धानका अत्याधुनिक उपकरण र प्रविधिहरू, पारिस्थितिकीय तथ्यांक विश्लेषण, र वन्यजन्तु संरक्षणका विभिन्न विधिहरूमा ज्ञान प्राप्त गरे। यसका साथै, तिनीहरूले वनस्पति–प्राणी अन्तरक्रिया र स्थानीय पारिस्थितिक ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न सक्ने अवसर पाए । यस्ता कार्यशालाले विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धान र वातावरणीय नेतृत्वतर्फ प्रेरित गर्ने अपेक्षाव्यक्त गरेका थिए।






