पप्पु गुरुङ्ग, दोधारा । सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा बजेट विश्लेषण सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको आयोजना तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी बजेट विश्लेषण तथा अध्ययन सम्बन्धी छलफल गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले प्रदेश तथा पालिकाहरुमा बजेट विश्लेषण तथा खर्चको विविध कार्य बारे अध्ययन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले अहिले धेरै पालिकाहरु संग बजेट भएपनि उहाँहरुले प्रतिकार्यमा मात्र प्रयोग गर्ने गरेको पाईएको बताउदै त्यो बजेटलाई विपद् आउनै नदिनका लागि पूर्व तयारीमा खर्च गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेश विपद्को उच्च जोखिममा रहेको प्रदेश भएको बताउनुभयो । उहाँले यो जोखिमलाई न्यूनिकरण गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी बजेट विश्लेषणको अध्ययनलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित सहभागीहरुले बजेट निर्माण गर्दा भौगोलिक विविधता र लैङ्गिक समावेशिता लगाएतका कुराहरुमा ध्यान दिनुपर्ने बताएका थिए ।

त्यस्तै तीनै तहको सरकारले नीति, नियम, ऐन, कानून बनाएर विपद् पूर्व तयारीका लागि योगदान गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले जलवायु परिवर्तन अनुकुलन र डढेलो नियन्त्रणमा पनि ध्यान ध्यान दिनुपर्नेमा जोड दिएको थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव भोजराज दाहाल, शाखा अधिकृत दिपेन्द्र बिष्ट, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, विपद् सम्पर्क व्यक्ति अमृत विक लगाएत विभिन्न संघ–सस्थाका प्रतिनिधी साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।






