स्वरोजगारका लागी ब्युटिसियन सीप सिक्दै दोधारा चाँदनीका किशोरीहरु

दोधारा । स्वरोजगार प्रवद्र्धनका लागि कञ्चनपुरका दोधारा चाँदनी नगरपालिका– २ का किशोरीहरु सीप अर्थात ब्युटीपार्लरको काम सिक्न व्यस्त भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयले आयोजना गरेको १ महिने आधारभुत ब्यूटिसियन तालिममा वडाका ३० जना किशोरीहरु सिप सिक्दै छन् । तालिमका सहभागीहरु अधिकांशले भोली आफूले पनि व्यवसायिक रुपमा ब्युटिसियनको पेशा अपनाउने बताएका छन् । तालिममा हेयर कटिङ, थ्रेडिङ, ड्रिपिङ लगाएतका तौरतरिका सिकेको सहभागी पार्वती भण्डारीले बताउनुभएको छ् । ब्युटी पार्लर पेशा सञ्चालन गरेर आत्मनिर्भर बन्ने इच्छाले तालिम लिन आएको उहाँले बताउनु भयो । नेपालमा रोजगारीको समस्या छ । यति सिकेर आफ्नै गाँउ, घरमा बसेर राम्रै आम्दानी गर्न सकिने पार्वती भण्डारीले बताउनुभयो ।

आफुहरुले निकै चाँसो र उत्साहका साथ तालिममा सहभागी हुदै आएको उहाँले बताउनुभएको छ् । यतिबेला ब्यूटिसियन प्रति सबैको आकर्षण बढी रहेको हुदा आफुहरु सिप सिकेर आफ्नै गाँउमा बसेर पेशागतरुपमा जिविका चलाउने रहर भएको तालिमका सहभागी पार्वती भण्डारी बताउनुहुन्छ् । थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बिरलै पाईने पेशा मध्येको यो पेशा भएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल बताउनुहुन्छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको योजना कार्यक्रम अनुसार वडामा बसोबास गर्ने किशोरीहरुको माँग बमोजिम ब्यूटिसियन तालिमको १ महिने ब्यूटिसियन तालिम सञ्चालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा महिलाहरुलाई आत्मनिर्भर हुने खालका क्षेत्रहरु पहिचान गरी बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । दैनिक रुपमा विदेशीने युवाहरुलाई रोक्नका लागि यस्ता खाले कार्यक्रमहरुले सघाउ पुग्ने वडाध्यक्ष रावलको भनाई रहेको छ् ।

तालिमका लागि तालिम भन्ने जस्तो नगरी सीप सिकेर आफूलाई आत्मनिर्भरताको बाटोमा लाग्न तालिमका सबै सहभागीहरुलाई उहाँले आग्रह गर्नुभएको छ् ।

 

ताजा समाचार

spot_img