दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा शल्यक्रियाबाट प्रसूति गराउने सेवा सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालमा पुन: शल्यक्रियाबाट प्रसूति गराउने सेवा सुरु भएको अस्पतालका कार्यलय प्रमुख डा. जिवन किरण स्नेहीले जानकारी दिनुभएको छ् । चिकित्सकको अभावमा रोकिएको शल्यक्रियाबाट प्रसूती सेवा पुन: सुरु गरिएको डा. जिवन किरण स्नेही बताउनुभएको छ् । निक साईमन्स इन्स्टिच्युले एक जना एमडिजीपी डाक्टर हरिओंम केसरीलाई पठाए संगै सो सेवा सुरु गरिएको दोधारा चाँदनी नगर अस्पतालका डा. जिवन किरण स्नेहीले बताउनुभयो । प्रसूति शल्यक्रियाका लागि तालिम प्राप्त जनशक्ति तयार भए संगै सो सेवालाई निरन्तरता दिईएको डा. जिवन किरण स्नेहीले बताउनुभयो ।

शल्यक्रियाबाट प्रसुती गराउने समस्या आएमा अन्य अस्पतालमा रिफर गर्ने समस्या हटेर गएको डा. स्नेहीले बताउनुभएको छ् । बिगतको तुलनामा अस्पतालको सेवामा निकै सुधार भईसकेको डा. स्नेहीले बताउनुहुन्छ् । शल्यक्रियाबाट प्रसूति गराउने सेवा यस भेगका बासिन्दालाई ठूलो राहत मिलेको उहाँको भनाई छ् । सहजरुपले सुत्केरी हुन नसकेका महिलालाई स्थानिय स्तरमा गरिएको शल्यक्रियाले स्थानियबासीहरुमा ठुलो राहत भएको छ् ।

यस अघि अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, ओपिडी, प्रयोगशाला, एक्सरे, ड्रेसिङ्ग, खोप, क्षयरोग, फार्मेसी, बीमा सेवा सञ्चालन गर्दै आएकोमा आगामी दिनमा २४ सै घण्टा फार्मेसी र प्रयोगशाला संचालन गर्ने तयारी अस्पताल रहेको बताईएको छ् ।

विगतको तुलनामा दोधारा चाँदनी नगर अस्पतालको सेवामा निकै सुधार हुदै आएको स्थानियबासीहरुको भनाई रहेको छ् ।






