विपन्नलाई पक्की घर : दोधारा र भिमदत्तमा गरि ५ घर निमार्ण हुने

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी र भिमदत्त नगरपालिकामा अति विपन्न ५ परिवारलाई आवास निमार्ण हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिका गरि अति विपन्न ५ घरपरिवारलाई शुदुरपश्चिम प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत आवास निमार्ण हुने भएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जानकारी दिनुभएको छ् । असहाय, एकल महिला, दलित तथा पिछडिएको र आर्थिक अवस्था कमजोर भएका दोधारा चाँदनी नगरपालिकामा ३ घरपरिवार र भिमदत्त नगरपालिकामा २ घरपरिवारलाई आवास निमार्ण गर्न लागिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । एक आवासको लागि रु. ३ लाख ३६ हजार रुपियाँ लागतमा घर निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभयो ।

असहाय, एकल महिला, दलित तथा पिछडिएको र आर्थिक अवस्था कमजोर भएको परिवारलाई नगरपालिका कार्यालय, बिभिन्न संघ संस्था संग समन्वय गर्दै घर बनाईन लागिएको प्रदेश सभा सदस्य राना मगरले बताउनुभएको छ् । चालु आर्थिक वर्षमा निमार्ण कार्य सक्ने गरि कर्कटपाता सहितको दुई कोठा र एक बरण्डा हुने गरि आवास निमार्ण गरिने तयारी रहेको उहाँको भनाई रहेको छ् । निमार्ण कार्य संचालनको लागी उपभोक्ता समिति गठन समेत गरिएको बताईएको छ् ।

शौचालय निमार्णमा सहयोग गर्न दुवै पालिकाका नगरप्रमुख संग अनुरोध समेत गरिएको छ् । पानी चुहिने झुप्रोमा बस्दै आएका कष्टपूर्ण जिवन निर्वाह गरिरहेका ५ परिवारले पक्की घर पाउने भएपछि खुसी भएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका गोपी ढोली, शोभा नेपाली, पार्वती सुनार र भिमदत्त नगरपालिकाका शुनिल लोहार र रिता सुनारको घर निमार्ण गर्न लागिएको शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरको सचिवालयले जनाएको छ् ।

 

ताजा समाचार

spot_img