सिमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती, अपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास

दोधारा । कञ्चनपुरको सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उदेश्यले दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीले संयुक्त टोलीले गस्ती सुरु गरेको हो । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ को सुन्दरनगर र वडा नम्बर १० स्थित अठार नम्बर पिल्लर बस्तीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले बताउनुभएको छ् । सीमा स्तम्भ संख्या ७९४/२ देखि ७९६ मुख्य जंगे पिल्लर सम्म नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती सञ्चालन गरिएको गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले बताउनुभयो ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह रहनुभएको थियो भने, भारतीय सीमा सुरक्षा बल (एसएसबी) को तर्फबाट नौजलीया कम्पनी कमाण्डर तथा ईस्पेक्टर हरबेन्द्र सिंह रहनुभएको थियो । सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधी, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सीमा गस्तीले प्रभावकारी हुने दुबै देशका सुरक्षा अधिकारीहरुले बिश्वास लिईएका छन् । नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रमा हुने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आउने दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्दा आपसमा सम्बन्ध सुमधुर हुने र सीमा क्षेत्रमा देखा पर्ने चुनौतीको सामना गर्न सहज हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सिमा क्षेत्रमा अपराध नियन्त्रणका सहयोग पुग्ने नगरप्रमुख किशोर कुमार लिम्बुको भनाई छ् । मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सिमानामा हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी हुने भएको दुबै देशका सुरक्षा अधिकारीको दाबी छ् ।

दोधारा चाँदनीमा रहेको नेपाल र भारतका खुला सीमानामा संयुुक्त गस्तीले निरन्तरता दिदै आएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानले जनाएको छ् ।

 

ताजा समाचार

spot_img