दोधारा चाँदनीमा साना तथा लघु उद्यम व्यवसायीहरूका लागि सीप विकास तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय सञ्चालनका लागि सीप विकास तालिम सम्पन्न भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा साना तथा लघु उद्यम व्यवसायीहरुका लागि व्यवसाय सञ्चालन सीप विकास तालिम सम्पन्न भएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले परियोजनाले विपद्को जोखिमा रहेका समुदायहरुलाई उत्थानशील बनाउनका लागि सामुहिक नगद सहायताका माध्यमबाट पर्यावरण मैत्री व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले ती व्यवसायीहरुको प्रगती, चुनौती र आगामी दिनमा व्यवसायिक निरन्तरताका लागि योजना निर्माण गर्न साथै उनिहरुको व्यवसाय सञ्चालन सीप विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले नगरपालिका भित्रका उद्यमी व्यवसायीहरुका लागि सीप विकास तालिमको आयोजना गरेकोमा एनएनएसडब्ल्यूएलाई धन्यवाद दिनुभयो । उहाँले सहभागीहरुले तालिममा सिकेका ज्ञानहरुलाई व्यवहार लागु गर्नुपर्नेमा जोड दिदै व्यवसायिक सफलता र निरन्तरताका लागि स्वयम् प्रतिबद्ध र सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरुले तालिमबाट व्यवसायीक योजना निर्माण साथै व्यवसाय सञ्चालनको क्षेत्रमा सीप विकास हुने बताउदै तालिम निकै उपलब्धीमुलक हुने विश्वास व्यक्त गरेका छन् । सुदृढ परियोजनाले विपद्को उच्च जोखिममा रहेका समुदाय र गरिव तथा विपन्न समुदायहरुलाई जीविकापार्जनका लागि पर्यावरण मैत्री व्यवसाय सञ्चालन गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् ।

परियोजनाले यस अघि कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत उद्यमशीलता सीप विकास तालिम सम्पन्न गरेको थियो ।

 

ताजा समाचार

spot_img