कञ्चनपुर : नेकपा माओवादी केन्द निकट नेपाल उद्योग व्यापार महासंघले कञ्चनपुरको उत्तरी भेगमा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन आर्थिक सहयोग गरेको छ । शुक्रबार नेपाल उद्योग व्यापार महासंघले कञ्चनपुरको उत्तरी भेगमा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन आर्थिक सहयोग गरेको हो ।

नेपाल उद्योग व्यापार महासंघ सुप प्रदेश समितिले गत माघमा महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको उद्योग व्यापार महासंघ सुप प्रदेश समितिले गत माघ कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आम्दानीबाट ५१ हजार, १सय ५१रुपैया आर्थिक सहयोग गरेको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारले भम्केनी धामका पदाधिकारी मोहनचन्द्र जोशीलाई उक्त रकम हस्तान्तरण गरेका छन ।

महोत्सवका व्यवस्थापक सिके भट्टले महोत्सवबाट आएको आम्दानीको कञ्चनपुरको पर्यटन प्रर्बद्धनका लागि उक्त सहयोग गरेको बताए । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका जिल्लाहकार राजेन्द्र प्रशाद अवस्थी, माओवादी युवा नेता भुवन कुँवर, महोत्सवका साँस्कृतिक संयोजक करन पाल सहितको सहभागिता रहेको छ । नेपाल उद्योग व्यापार महासंघले महोत्सव लगाएर भम्केनी धाम सहित पत्रकार महासंघ अनाथालयमा समेत आर्थिक सहयोग हस्तान्तरण गरिसकेको छ । महोत्सवको नाफाले केही समाजिक काममा खर्च गरिएको भन्दै नागरिक स्तरबाट महोत्सव आयोजकप्रति आभार प्रकट भईरहेको छ ।

