लालझाडी सडक छेउमै जंगली हात्ती मृत फेला

कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा एक जंगली हात्ती मृत फेला परेको छ । बुधबार बिहान ७ बजेतिर लालझाडी गाँउपालिका ४ जाई गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो । बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी ठाकुरले जंगली हात्ती मृत फेला परेको बताए ।  उनले हात्तीको मृत्युको कारण बुझ्नका लागि प्राविधिक टोली सहित घटना स्थल जान लागेको बताए । गत असोजदेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिसदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित भएका थिए ।

आज एकाबिहानै हात्ती लालझाडी टु शुक्लाफाँटा निकुञ्ज कोरिडोर क्षेत्रमा मृत फेला परेपछि झन त्रसित भएका छन ।

ताजा समाचार