कञ्चनपुर: अखिल क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्र्दै भारत ओडिया भुवनेश्परको कलिगा ईन्स्च्यिुट अफ ईण्डष्टियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत छात्रा लम्साल घटनाका दोषि उपर कार्बाही गर्दै त्यहाँ नेपाली विद्यार्थीमाथि भएको ज्यादती रोक्नुपर्ने माग अघि सारेको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाप्रति दुख व्यक्त गर्दै कलेज प्रंशासनले विद्यार्थी निकाल्ने काम गरेको भन्दै भत्र्सना जाहेर गरेको छ । घटनाको निष्पक्ष छानबिन गर्दै दोषि उपर कार्बाही बाँकी विद्यार्थीको सुरक्षाको ग्यारेन्टी नगरे आन्दोलनको चेतावनी दिएको छ ।
