दोधारा । दोधारा चाँदनी नगरपालिका १० प्रधान टोलमा जंगली हात्तीको बथानले बालनाली खाएर, उद्यनेर क्षती बनाएको छ् । गएराती जंगली हात्तीको बथानले गहुँ, उखु, मसुरो लगाएत वाली खाएर उद्यनेर नष्ट बनाएको स्थानियबासीहरुले बताएका छन् । गए राती करिब १० बजे तिर बच्चा सहित १५/१६ को संख्यामा आएको हात्तीको बथान रातीको समयमा बस्ती पसेको र गाँउले थाहा पाएर होहल्ला गरेपछि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्ने गरेको उनी बताउछन् । हात्तीले सो क्षेत्र का किसानहरूको गहु, उखु , मसुरो, केरा गरि करिब २ बिगाह बाली पुर्ण रुपमा नोक्सान गरेको छ ।

जंगली हातिले दिपक बुढाको करिब १ बिगाहमा रहेको गहु, उखु, केरा नष्ट पारेको छ भने गणेश शाहीको १ बिगाह मा उत्पादन गरिएको उखु बाली नोक्सान गरेको छ् । रातीको समयमा जंगली हात्तीले नोक्सानी गरेको पाएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहितको एक टोली प्रधान टोल पुगेका छन् । नगरप्रमुख किशोर कुमार लिम्बुले स्थलगत अनुगमन सहित स्थानियबासीहरु संग भेट गरेका छन् ।

नगर प्रमुख लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगाएत सरोकारवाला संग जानकारी गराएको बताउदै सो क्षेत्रमा स्थानियबासीहरुलाई समुहगतरुपमा केही दिनमै सुरक्षार्थ र अन्नवाली जोगाउन सर्चलाई बितरण गर्ने नगर प्रमुख लिम्बुले बताएका छन् ।

